राजविराज/ पूर्वडीआईजी ज्ञान विक्रम शाह,हालका वहालवाला सई र पूर्व उपसभामुखका छोरालाई बचाउन प्रहरीको दबाबमा हतार–हतार गाडिएको बँदेल आईतबार विहान गाडेको ठाउँमा खाल्टो खनेर निकालिएको छ।
इलााका प्रहरी कार्यालय कन्चनपुरले बेवारिसे अवस्थामा मरेको बँदेल फेला परेको पत्रसहित पठाएपछि सव डिभिजन वन कार्यालयलय कञ्चनपुरले खाल्टो खनेर बँदेल गाडेको थियो। प्रहरीको दबाबका कारण पोष्टमार्टम समेत नगरी गाडिएको बँदेल ४ दिनपछि उत्खनन गरेर निकालिएको हो।
वँदेल उत्खनन भईरहेको स्थानमा रहेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य अवधेश झालेले बँदेललाई अव पोष्टमार्टमका लागि पठाईने बताए। पोष्टमार्टमका क्रममा बँदेललाई लागेको गोली घट्नास्थलबाट रङ्गेहात पक्राउ परेर षडयन्त्रपूर्वक छोडिएका पूर्वडीआइजी ज्ञानविक्रम शाहले बोकेको राईफलबाट चलेको हो की होईन भन्ने पनि पत्ता लाग्ने जनाईएको छ।
१२ भदौको मध्यराति मारिएको बँदेल, राईफल र गोलीसहित पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला सई सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवसहित १० जना पक्राउ परेका थिए।
इलाका प्रहरी कार्यालय कन्चनपुरका इन्स्पेक्टर सुशान्त मिश्र नेतृत्वको टोलीले शाह र न्यौपानेसहितको टोलीलाई हनुमाननगर कंकालिनी नगरपालिका–१, कोसीपलार क्षेत्रबाट पक्राउ गरेको थियो।
तर, प्रहरीको नेतृत्वले उक्त एउटै घट्नालाई दुई फरक काल्पनिक घट्ना बनाई संलग्नहरुलाई भोलीपल्ट नै जिम्मा जमानीमा छोडेको थियो। जसका लागि ‘बँदेल वेवारिसे फेला परेको’ एउटा र ‘पूर्वडीआईजीसहितको टोली हातहतियार बोकेर हिडिरहेको अवस्थामा पक्राउ परेको’ अर्को घट्ना बनाईएको थियो।
बरामद भएको २२ क्यालिबरको राइफल पूर्वडीआईजी शाहको नाममा अनुमति प्राप्त रहेको सप्तरी प्रहरीको दावी छ। तर, अनुमति पत्रको सक्कल प्रति पेस हुन सकेको छैन।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी गरिएको अनुमति पत्र के प्रयोजनका लागि दिइएको हो, र कहाँ कहाँ वोकेर हिड्न पाउने हो भन्ने खुल्न सकेको छैन। यसरी हतियारको आधिकारिक्ता पुष्टि नहुँदै अभियुक्तलाई हिरासत मुक्त गरेर प्रहरीले बदनामी कमाएको छ।
यसरी षडयन्त्र पूर्वक अपराध कर्ममा लागेकालाई चोख्यान प्रहरीले दिउँसै रात पार्ने काम गरेपछि यस्को चौतर्फी विरोध भईरहेको थियो। बदेल पोष्टमार्टम नगरी गाडेको विषयमा समेत प्रश्न उठेको थियो।
त्यसपछि आईतबार विहान पोष्टमार्टमका लागि बँदेल उत्खनन गरिएको पत्रकार झाले जनाएका छन्।