भीम बहादुरको हिम्मतःखानेपानी बृद्धि शुल्क विरुद्ध उच्च अदालतमा मुद्धा

  • साउन ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ उच्च अदालत विराटनगरमा धरान खानेपानी शुल्क विरुद्ध मुद्धा दायर भएको छ ।

धरान वडा नं १७ निवासी भीमबहादुर खड्काले उच्च अदालतमा मुद्धा दर्ता गरेका थिए ।

उनले नगर प्रमुख हर्कराज राई (साम्पाङ), उपमहानगपालिकाको कार्यालय, धरान खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाई सेवा महशुल निर्धारण आयोग काठमाण्डौंलाईसमेत विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

खड्काले गैरकानुनी तथा एकलौटीरुपमा बोर्डबाट वृद्धि गरिएको खानेपानी महशुल तथा शुल्क नलिनु, नलिन लगाउनु भनेर अन्तरिम आदेश माग गरेपनि सोमबार सुनुवाई हुँदा उच्च अदालतबाट माग वमोजिम अन्तरिम आदेश जारी भएको छैन ।

व्यवस्थापन बोर्डबाट गैरकानुनीरुपमा पदेन सदस्यहरुलाई समेत बैठकमा नबोलाई निर्णय भएको र महशुल निर्धारण आयोगमा प्रस्ताव पेश नभै एकलौटीढंगबाट निर्णय गरेको भन्दै महशुल वृद्धिको निर्णय विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको छ ।

न्यायाधिश श्रीधराकुमारी पुरासैनीको इजलाशले रिट निवेदकको माग वमोजिम अन्तरिम आदेश जारी भएन ।

उक्त इजलाशले निवेदकको माग वमोजिम आदेश जारी किन हुनु नपर्ने हो ? भन्दै विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी भएको छ ।

विपक्षीहरुले बाटोको म्यादबाहेक १५ दिनभित्र आफै वा आफ्नो कानुन वमोजिम प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न पनि अदालतले आदेश जारी गरेको छ । अन्तरिम आदेशबारे दुवै पक्षबीच छलफल गराई निष्कर्षमा पुग्न उपयुक्त हुने भन्दै उक्त इजलाशले भदौ २ गते पेशी तोकेको छ ।

खानेपानी बोर्डले महशुल वृद्धिविरुद्ध उच्च अदालतले अन्तरिम आदेश जारी नगरेपनि १० राजनैनिक दल र खानेपानी बोर्डका अध्यक्ष एवं मेयर हर्कराज राई (साम्पाङ) बीच तत्कालको लागि साविककै महशुल दर कायम गर्ने लिखित सहमति भएको छ ।

उक्त सहमतिमा ‘खानेपानी महशुल बृद्धिबारे खानेपानी तथा सरसफाई सेवा महशुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मानी जवाफ नआइञ्जेलसम्म पुरानो दर महशुल यथावत राखी पुर्नविचार गर्ने’ पनि निर्णय भएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved