धरानका मेयर हर्कराजले घुँडा टेके,तीन बुँदे सहमति

  • साउन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई राजनीतिक दलहरुले अन्ततः घुँडा टेकाएका छन् ।

मेयर राईले खानेपानी शुल्क बृद्धि गरेपछि १६ दिनअघि देखि शुल्क बृद्धि खारेजीको माग गर्दै आन्दोलनरत दलहरुसँग आइतबार बेलुकी भएको वार्तामा तीन बँदे सहमति गराएर घँुडा टेकाएका हुन् ।

नेकपा एमाले धरान उपमहानगर कमिटीका उप सचिव योगेशबावु काफ्लेका अनुसार मेयर राईले गरेको बृद्धि महशुल तथा शुल्क स्थगित गर्ने, खानेपानी बोर्डको पुर्णता बारे अदालतको फैसला मान्ने र एकसाताभित्र बोर्डको सम्पुर्ण हिसाब सार्वजनिक गर्ने सहमती भएको छ ।

शुल्क बृद्धिको खारेजीको माग गर्दै धरानमा दुईसाता अघिदेखि तनाब ग्रस्त भएको थियो ।

दलहरुले बोर्ड र बिल काउण्टर कार्यालयमा तालाबन्दी देखि नारा,जुलुस,प्रदर्शन सहित धरान उपमहानगरपालिका घेराउ गरेका थिए ।

1 2

आन्दोलनको क्रममा प्रहरीको धरपकडले विद्यार्थी समेत घाइते भएका थिए ।  

 

 

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved