धरान/ उच्च अदालत बिराटनगरको उत्प्रेषणको परमादेशको अदालती आदेशको सम्मान गर्दे आन्दोलनरत १० राजनैतिकदलहरुले खानेपानी बोर्डमा लगाएको ताला खोलेपछि आन्दोलनको स्वरुप परिवर्तन गर्दै धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।
उपमहानगरपालिकाकै मेयर बोर्डको अध्यक्ष हुने भएकोले उच्च अदालतको सम्मान गर्दै बोर्डको कार्यालयमा लगाइएको तालाबन्दी खोलेर नगरपालिका केन्द्रित आन्दोलन शुरु गरेका हुन् ।
दुई हप्ता लामो समयदेखि बृद्धि गरेको खानेपानी महसुल, धारा जडान, नामसारी लगायतमा अचाक्ली बढाइएको शुल्क फिर्ताको माग राख्दै धराने जनताको साथ र सहयोगमा आन्दोलत दश राजनीतिक दलहरुले उच्च अदालतले दिएको ताला खोल्न दिएको आदेशको सम्मान गर्दै बोर्ड तथा बोर्डमार्फतका वितरण केन्द्रमा लगाइएको ताला आफै खोलेर आन्दोलन स्थानीय सरकार धरान उपमहानगरपालिकामा केन्द्रित भएको हो ।
कानुनी राज्यमा कानुनको पालना गर्नुपर्छ भन्दै तालाबन्दी खोलेर आन्दोलनको स्वरुप परिवर्तन गरिएको उनीहरुले बताएका छन् ।
नेपाल सरकार खानेपानी मन्त्रालयको खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले खानेपानीको महसुल नबढाउन दिएको पत्रको धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा नगरप्रमुख हर्कराज राईले वेवास्ता गरेर कानुनी राज्यको धज्जी उडाउने काम गरेको बताउदै जस्तोसुकै आन्दोलन पनि जनताको अगाडि घुडा टेकेको इतिहास भएकोले जनताको साथ पाएको यो आन्दोनले मेयर तथा बोर्डका अध्यक्ष राईको घुडा टेकाउने चेतावनी समेत आन्दोलनको नेतृत्व गरेका दश दलका प्रतिनिधिहरुले दिएका छन् ।
खानेपानीको महसुल लगायतका अन्य कुरामा बोर्डले ९ हजार ९ सय प्रतिशतसम्म बढाएको शुल्क बृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम, बोर्डका अध्यक्ष, निर्देशक तथा आर्थिक प्रशासनशाखतासहित ११, १५ र १६ मा रहेको वितरण केन्द्रमा लगाइएको तालाबन्दी गर्दा समेट अटेर भएर आन्दोलनलाई वेवास्ता गर्दै आएका बोर्डका अध्यक्ष हर्कराज राईले नेपाल सरकार खानेपानी मन्त्रालयको खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले नबढाउन दिएको पत्रको समैत वेवास्ता गरेपछि धरानेहरु आन्दोलन झनै चर्किदै गएको नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्क एभेडले बताए ।
आजदेखि शुरु गरेको उपमहनगरपालिकाका घेराउमा शुरुमा शान्तिपूर्ण धर्ना गरिए पनि उत्तेजित भीडले नारा जुलुस समेत गरेको थियो । जंगली मेयर चाहिँदैन, स्वघोषित बोर्डका अध्यक्षले बृद्धि गरेको महसुल मान्य हुदैन, बृद्धि गरेको मूल्य फिर्ता गर, लगायतका नारा लगायतका थिए ।
मेयर तथा बोर्डका अध्यक्ष राईले आइयुडिपी खानेपानी परियोजनाबाट लिएको ५७ करोड १९ लाख उपमहानगरपालिकाले तिर्नुपर्ने, न्यूनतम चार्ज १३० बाट १५० पुर्याएको विषयमा यत्रो आन्दोलन किन भन्ने फेसबुक आइडी हर्क साम्पाङ ए रेभुलेसनमा लेख्दै आउनु भएको स्टाटास समेत भ्रम छर्नै खालको भएको धरानका सर्वसाधारणले बताएका छन् ।
धरान १५ की अञ्जना राईले न्यूनत्तम शुल्क २े० रुपैयालाई जोड दिएर साम्पाङले दिएको फेसबुके अभिव्यक्ति वास्तविकता नभई ९ हजार ९ सय सम्म विभिन्न शीर्षकमा बढाएका कारण अििहलेको आर्थिक मन्दीमा यसरी ढाड सेक्ने गरी बढाएको मूल्यवृद्धि विरुद्धको आन्दोलनमा समर्थन जनाउन बताइन् ।
चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले मूल्यबृद्धि फिर्ता नहुन्याल आन्दोलन नरोकिने बताउदै आएका छन् ।
आन्दोलन चर्किदै जाँदा पनि मेयर तथा बोर्डका अध्यक्ष राईले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउने चेष्टा सम्म गरेको छैन ।
हिजो अभियन्ता हुदा २५ प्रतिशत मूल्य बृद्धि गर्दा फिर्ताको माग गर्दै आन्दोलनमा होमिएका अहिलेका मेयर राई खानेपानीकै मुद्धाले निर्वाचन जितेका कारण आफ्नो मुद्धालाई पनि फर्किएर वास्तविकता बुझेर धराने जनताकोको मर्म अनुरुप काम गर्न समेत आन्दोलनरत पक्षले झक्झकाइरहेका छन् ।
भिडियो: