खानेपानी मुल्य बृद्धिको आन्दोलन दलहरुले ताला खोले, अब धरान उपमहानगरमा धर्ना

  • साउन २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ उच्च अदालत बिराटनगरको उत्प्रेषण परमादेशको अदालती आदेशको सम्मान गर्दे आन्दोलनरत १० राजनैतिक दलहरुले खानेपानी बोर्डमा लगाएको बुधबार ताला ४ दिन पछि खोलेका छन् ।

बोर्ड अध्यक्षको कार्यकक्ष ,निर्देशक र आर्थिक प्रशासन सहित धरान ११, १५,१६ को बिल काउन्टरको ताला आन्दोलनरत दलहरुले ताला लगाएका थिए ।

नेकपा एमले धरानका अध्यक्ष हर्कजंग एभेङले खानेपानी महसुल बृद्धिको आन्दोलन शुल्क वृद्धिकको मुल्य फिर्ता नभए सम्म जारी रहने बताए ।

आन्दोलनले निष्कर्षको रुप नलिए सम्म निरन्तर नै रहने र निर्णायक तह सम्म पुर्याउने उनको भनाई छ ।

उनले भने,‘ स्वघोषित बोर्डका अबैधानिक अध्यक्षले फेरि जनतालाई मासिक रु.२० मात्र बढाएको भनेर ढाँटिरहेका रहेछन्,युनिट–१=२० ले कति हुन्छ? हिसाब गरेर हेर्नू होला ।

३३%–९९००% बढेको हामी पुष्टि गर्ने छौं।’जसपा धरान अध्यक्ष ताजव लिम्बुले उच्च अदालतको उत्प्रेषण आदेश जारी गरेकाले अदालती आदेश लाई सम्मान स्वरुप विधि शासनको सम्मान गर्दै तालाबन्दी खोले पनि आन्दोलन भने नरोकिने बताए ।

आन्दोलनरत १० राजनैतिक दलहरुले खानेपानी बोर्डमा लगाएको तालाबन्दी कार्यक्रम स्थगित गरे पनि बृद्धि भएको महसुल साविककै नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

संघर्षरत दलमध्ये नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलेले आन्दोलन नरोकिने तर स्वरुप भने परिवर्तन हुने जानकरी दिए ।

उनले भने–‘ अब हामी कडा आन्दोलनमा जान्छौ, धरान उपमहानगरपालिको कार्यालय घेराउ सम्मको कार्यक्रम रहन्छ ।’

 सोही अनुरुप विहीबारको उपमहानगरपािलका परिसरमा नारा जुलुस सहित धर्नाको कार्यक्रम रहेको पोख्रेलले बताए ।

आन्दोलनबाट सृजित परिणामको सम्पूर्ण जिम्मा स्वघोषित बोर्ड अध्यक्षले लिनुपर्ने पोख्रेलको भनाई छ ।

खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको शुल्क ,महशुल खारेज गरी पुरानै दर यथावत राख्न माग गर्दे खानेपानी दलहरुले पहिलो चरणको आन्दोलन साउन ११ गते गरेको थियो ।

 दोस्रो चरणको आन्दोलन र तालाबन्दी साउन २० गते आईतबार देखि निरन्तर गरेको थियो । 

दलहरुले निरन्तर आन्दोलन पछि धरान उपमहानगरपालिकालका मेयर हर्कराज राईले भने उच्च अदालतमा रिट दिएको थिए ।

 

 

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved