दुहबीमा छाला उद्योगको दुर्घन्ध,स्थानीय आन्दोलित

  • साउन २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  सुनसरीको दुहबी ६ मा रहेको छाला उद्योगका कारण स्थानीय आन्दोलित भएका छन। छालाको दुर्घन्धले नगरवासी बिरामी पर्न थालेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।

दुहबी ६ मा सञ्चालित युनाइटेड टेनराइज र एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धले बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थनीयहरु उद्योग विरुद्ध आन्दोलित बनेका छन् ।

भैँसी तथा राँगा लगायतका जनवारको छाला प्रशोधन गर्ने ती दुई वटा उद्योगबाट फैलिएको दुर्गन्धका कारण दुहबी वडा नम्बर ६ का बासिन्दा पीडित भएका हुन् । उद्योगले छालाको प्रशोधन तथा भण्डारण वातावरण मैत्री नभएकोले वरिपरिको बस्तीमा दुर्गन्ध फैलिने गरेको छ ।

उद्योगले त्यहाँबाट निस्कने फोहरको ढल सिधै स्थानीय बुढी खोलामा मिसाउने गरेको छ भने राँगा तथा भैँसीको छाला उद्योग कम्पाउन्डमै खुल्लमखुल्ला सुकाउने गर्दा दुर्गन्ध फैलिने गरेको छ ।

उद्योगबाट फैलिने दुर्गन्ध र फोहरले बालबच्चा र बृद्धबृदा बढी प्रभावित भएको स्थानीय कुन्दन पासवानले बताए ।

माथिल्लो निकायको आडमा उद्योग सञ्चालकले बारम्बार लापरबाही गर्ने गरेको पासवानको भनाई छ ।

उद्योगबाट निस्कने दुर्गन्धले गर्दा घरमा कोही पनि पाहुना आउन नमान्ने गरेको अर्का स्थानीय मोहम्मद सलमानले बताए ।

प्रदूषण फैलाउने कारखाना बन्द गराउन माग गर्दै आन्दोलित स्थानीयले विभिन्न निकायमा उजुरी दिए पनि सुनवाइ तथा उद्योगी विरुद्ध कुनै कारबाही नभएकोमा स्थानीय आक्रोशित बनेको सलमानले बताए ।

स्थानीयले पटक पटक आग्रह गर्नुका साथै दुहबी नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि उपप्रमुख सहितको न्यायिक समितिले सोमबार उद्योगको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा दुर्गन्धित रूपमा सञ्चालनमा रहेको उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको उपप्रमुख मेनुका पोखरेल खतिवडाले बताइन ।

उनले भनिन – उद्योग पुरै लापरबाही किसिमले सञ्चालनमा रहेछ, दुर्गन्ध फैलिएर स्थानीय आजित रहेछन् कारबाही गर्नुको विकल्प छैन, दुर्गन्धित अवस्थामा सञ्चालित उद्योगमा ताला लगाउने अधिकार स्थानीय तहलाई नभएकाले माथिल्लो निकायमा समन्वय गर्छौ ।

उद्योगको कागजपत्र समेत चुस्त दुरुस्त नराखिएको तथा नवीकरण र कर समेत नतिरेको पाइएकाले सञ्चालकलाई मङ्गलवार कार्यालयमा आउन निर्देशन दिएको उपप्रमुख खतिवडाले जानकारी दिइन ।

२०६२ सालमा दर्ता रहेको उद्योग बिच बिचमा बन्द हुँदै सञ्चालन आएका थिए ।

विगतमा पनि मापदण्ड विपरीत सञ्चालन गरेको भन्दै उद्योगलाई पटक पटक जरिवाना गरे पनि अटेर गर्ने गरेको दुहबी ६ का वडा अध्यक्ष घनश्याम हलुवाईले बताए ।

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved