चक्रघट्टीमा लागू औषध न्युनिकरण तथा बाल बिकास सचेतना कार्यक्रम

  • असार १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टीमा लागू अौषध न्यनिकरण तथा बाल बिकास सचेतना कार्यक्रम सम्पन भएको छ ।

वडा नं ६ को कार्यालयको आर्थिक सहयोगमा ग्रामिण पत्रकार समूह वराहक्षेत्रले उक्त कार्यक्रम आयोजना गरेको थियो । 

कार्यक्रममा वडा नं ६ मा रहेको महेन्द्र माध्यमिक बिद्यालय , भानु आधारभुत बिद्यालय , सप्तकोशी आधारभुत बिद्यालय र सुनसरी गार्डेनका विद्यार्थी तथा लागू पदार्थबाट पुनस्थापित भएका युवाहरुको सहभागिता रहेको ग्रामिण पत्रकार समूह वराहक्षेत्रका अध्यक्ष हिरण्य कार्कीले बताए ।

वडा नं ६ को सभाहलमा आयोजना भएको कार्यक्रममा सहभागि बिद्यार्थीहरु र युबाहरुलाई लागू औषध न्यनिकरण तथा बाल बिकास सचेतना बिषयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक बिकाश राई , प्रहरी चौकी प्रकासपुरका प्रमुख प्रहरी नायव निरिक्षक गणेश दाहाल , महिला अधिकारकर्मी इनु अधिकारीले सहजीकरण गरेका थिए ।

वडा नं ६ का अध्यक्ष उद्बव पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सचिब सीता बास्कोटा , वडा सदस्य दिनेस राई , मोगेन्द्र डागी लगायतको आतिथ्यता रहेको थियो ।

ग्रामिण पत्रकार समूह वराहक्षेत्रका अध्यक्ष हिरन्य कार्कीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा लागू पदार्थबाट पुनस्थापि भइ समाजमा उदार्णिय युवाहरुलाइ नगद सहित सम्मान समेत गरिएको थियो ।

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

हाइवे विस्तारबाट जग् ...

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम् ...

६२ प्रतिशत काम सम्पन ...

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो ...

शिक्षक आन्दोलनले निर ...

धरान । शिक्षा एउन जारी गर्न माग गर्दै निरन्तर आन्दोलनमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved