धरान/ सोमबार हुने भनिएको धरान उपमहानगरपालिकाको १५ औं नगरसभा हुन सकेन ।
नगरसभामा नयाँ आर्थिक बर्षको नीति ,कार्यत्रक्रम तथा बजेट विना नै नगर प्रमुख हर्कराज राईले नगरसभाको उद्घाटन गर्न खाजेपछि वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बहिस्कार गरेपछि नगर सभा स्थगित भएको हो ।
नेकपा संसदीय दलका नेता नरेश इवारमका अनुसार नयाँ आर्थिक बर्षको नीति कार्यक्रम तथा वजेट नल्याई नगरप्रमुखले सभा उद्घाटन गर्न मात्रै खोजेपछि नगर सभा स्थगित गरिएको हो ।
उनले भने,‘हामीले नगरसभा बहिस्कार गरेका होइनौं,नगरप्रमुखले नै नियम तथा नीतिको उलंग्घन गरेका हुन्,नीति तथा कार्यक्रम वजेट विना कसरी हुन्छ,हामी प्रक्रिया अनुसार जाने हो,विधी र नियमको पालना गनुपर्छ ।’
नगरसभा दिउँसो ३ बजे उद्घाटन गर्ने निर्णय गरेको हो । तर उक्त नगरसभामा प्रस्तुत हुने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम भने उक्त बैठकबाट पारित भएन ।
बैठकमा नीति तथा कार्यक्रमको विस्तृत अध्ययन गर्न नपाएको भन्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले समय माग गरेका थिए । अध्ययनको लागि समय माग भएपछि सोमबार पुनः १२ बजे कार्यपालिका बैठक बस्ने निर्णय भएको थियो ।