दुहबी/ सुनसरीको भलुवामा जारी १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो सेमिफाइनल खेलको निर्धारित समय सम्म रारा फुटबल क्लब धनकुटा र बिराटनगर सिटि फुटबल क्लब मोरङका बिच अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा २-२ गोल सहित बराबरी भएपछि ट्राइबेकरमा रारा फुटबल क्लब धनकुटा ४-३ गोल अन्तरले उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ ।
खेलको उत्कृष्ट खेलाडी रारा फुटबल क्लब धनकुटाका गोल रक्षक प्रदिप भण्डारी घोषित भए ।
उनलाई दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतीवडाले नगद ५ हजार तथा ट्रफी प्रदान गरिन ।
भोली बुधबार हुने फाइनल खेल सहलेश युवा क्लब सिरहा र रारा फुटबल क्लब धनकुटाका बिच हुनेछ ।
१० औं भलुवा गोल्डकपको बिजेता टिमले ४ लाख नगद तथा शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता टिमले २ लाख नगद तथा शिल्ड प्राप्त गर्नेछ ।