कोशीमा नयाँ बजेट आयो, ३५ अर्व २७ करोड वजेट

  • असार १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मोरंग/ कोशी प्रदेश सरकारले आज (शनिबार ) ३५ अर्व २७ करोड ९३ लाख रुपैयाँको अनुमानित आय व्यय प्रस्तुत गरेको छ । 

 कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले प्रदेश सभामा आर्थीक बर्ष २०८१/८२ का लागि १४ अर्व ४७ करोड २३ लाख रुपैयाँ चाल खर्चका लागि विनियोजन गरिएको बताए ।

उनले पूजीँगत तर्फ १६ अर्व २०करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।  

उक्त खर्चका लागि प्रदेश सरकारले ४ अर्ब ९८ करोड रुयैपाँ राजश्व मार्फत उठाउने लक्ष्य लिएको छ ।

यस्तै राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरि समपुरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोरिने मगरले बताए ।

उनले बाँकी नगद मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख व्यहोरिने बताए ।

प्रदेश सरकारले पूर्वाधारका लागि १० अर्ब ४१ करोड बजेट विनियोजन मगरले बजेट वक्तव्यमा बताए ।

प्रदेश सरकारले आगामी बर्षका लागि कृषिमा २ अर्ब ६७ करोड, खानेपानी तथा उर्जामा ४ अर्ब ७६ करोड, स्वास्थ्यमा ३ अर्ब ५८ करोड, सामाजिक क्षेत्रमा १ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै प्रदेश सरकारले पर्यटन, वन तथा वातावरण २ अर्ब ८२ करोड शान्ति सुरक्षा, सूचना तथा संचारका लागि १ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । 

 

 

 

धरानको समग्र विकासमा ...

धरान/ नेपाली काँग्रेस धरान उपमहानगर समितिले धरानको ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ० ...

सम्पादकीय, वराहक्षेत ...

वराहक्षेत्र नगरपालिकाले किसानहरूलाई चार्जेबल टु इन वान ...

महिला पत्रकारको चिन् ...

विराटनगर/ महिला पत्रकारहरूलाई पत्रकारिता पेसामा टि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved