सिंहदरबारभित्रै बाल श्रमिक

  • जेठ ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ सिंहदरबार देशका प्रधानमन्त्रीदेखि मन्त्री, सांसद र नीतिगत तहका कर्मचारी बस्ने मुख्य प्रशासकीय केन्द्र हो । तर, उनीहरूलाई खाजा खुवाउने क्यान्टिनमा भने कानुन विपरीत बाल श्रमिकलाई काममा लगाइएको पाइएको छ ।

काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले विभिन्न क्यान्टिनमा काममा लगाइएका पाँच जना बाल श्रमिकको उद्धार गरेको छ ।

सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको केन्द्रीय चमेना गृहबाट तीन जना बालिका, ऊर्जा तथा जलस्रोत मन्त्रालयको एक जना बालक र उद्योग तथा बाणिज्य मन्त्रालयको क्यानटिनबाट एक जना बालक गरी पाँच जना बालबालिकाको उद्धार गरेको हो ।

केही दिनअघि एक सांसदको घरबाट श्रम शोषणमा परेकी एक बालिकाको उद्धार गरिएको थियो । ती बालिकाले आफूलाई विभिन्न प्रकारका यातना पनि दिएको बताएकी छन् ।

बाल श्रमिकको प्रयोग भइरहेको सूचनाका आधारमा महानगरले निर्माण क्षेत्रमा पनि अनुगमन बढाएको महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ । आज बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि हो ।

पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना निकालेको थियो ।

तर पनि धेरै ठाउँमा बालश्रम गराइरहेको पाएपछि महानगरले बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ । उद्धार गरेका बालबालिकालाई मानव सेवा आश्रमा राखिँदै आएको छ।

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

हाइवे विस्तारबाट जग् ...

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम् ...

६२ प्रतिशत काम सम्पन ...

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो ...

शिक्षक आन्दोलनले निर ...

धरान । शिक्षा एउन जारी गर्न माग गर्दै निरन्तर आन्दोलनमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved