धरानमा फेरी किचलो भोलिको बैठक कार्यपालिका सदस्य र वडाध्यक्षद्धारा वहिष्कार

  • जेठ ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ स्थानीय सरकार सञ्चालन ऐन २०७४संचालन ऐन २०७४, बैठक संचालन सम्बन्धी कार्यविधि २०७४ ले निर्दिष्ट गरेको अधिकार भन्दा बाहिर गएर धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले कार्यपालिका बैठक बोलाएको भन्दै रुष्ट भएका कार्यपालिका सदस्य एवम् वडाध्यक्षहरुले भोलि विहीबार तोकिएको वैठक बहिष्कार गरेका छन् ।

उनीहरुले कार्यापालिका वैठक शुरु हुनुभन्दा अगावै बुधबार पत्रकार सम्मेलनको आयोजना गरी अधिकार भन्दा बाहिर गएर ’प्रशासन महाशाखा प्रमुख जस्तो भएर प्रशासन महाशाखाको लेटरप्याडमा कार्यपालिका बैठक बोलाएको भन्दै बैठकमा उपस्थितमा उपस्थित नहुने सामुहिक रुपमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । 

स्थानीय सरकार संचालन ऐन तथा बैठक संचालन सम्बन्धी कार्यविधि २०७४ अनुसार नगरप्रमुखको निर्देशनमा कार्यकारी अधिकृत मार्फत बैठक आव्हान गर्ने तथा सुचना प्रचाह गर्ने, कार्यपालिका बैठकको सचिवको भुमिका पनि कार्यकारी अधिकृतले नै पुरा गर्नु पर्ने अधिकारको जानकारी सम्म नगरप्रमुखलाई नभएको भन्दै नगरप्रमुखको तानाशाही व्यवहारप्रति आफूहरुले वैठकमा उपस्थित नहुने निर्णय गरेको धरान उपमहानगरपालिका १७ नं. वडा समितिका वडाध्यक्ष प्रवक्त सूर्यबहादुर भट्टराईल बताए । 

२० वटै वडाका वडाध्यक्ष एवम ८ जना कार्यपालिकाका सदस्य गरी २८ जनाले सामुहिक रुपमा हस्ताक्षरित विज्ञप्तीमार्फत कार्यविधि विपरीतको कामकारबाहीमा आफूहरुको कुनै पनि समर्थन नहुने बताएका थिए ।

उनीहरुले विज्ञप्तीमा उनीहरुले सदियौदेखि धार्मिक र सामाजिक सद्भाव बलियो रहेकौ धरानको सद्भाव खल्बलाउन खोजेको, गाली गलौजलाई संस्कारकै रुपमा लिएर अगाडि बढेको लगायतका आरोप लगाका छन् ।

उनीहले विज्ञप्तीमा भनेका छन्, ‘राज्यले तिनै तहको सरकार संचालन गर्न छुट्टा छुट्टै अधिकार प्रत्योजन गरेको छ ।

राज्यले बनाएको कानन, नीति, ऐन कार्यान्यवन गर्ने जिम्मेवारी हाम्रो पनि हा । तर पछिल्लो समय धरानका नगरप्रमुखले राज्यको कानुन, निति, ऐन र प्रकृया विपरित मनोमानी ढंगले कामहरु गर्दै आएको छ ।

यसैको नमुनाको रुपमा प्रमुख प्रशासकिय अधिकृतलाई काम गर्न नदिनु, दैनिक आर्थिक कार्यका चेकमा हस्ताक्षर गर्न नदिनु, कर्मचारी सरुवा गर्ने अधिकार प्रमुख प्रशासकिय अधिकृतलाई हुन्छ तर त्यो अधिकार मिच्दै प्रमुखले आफुखुशी कर्मचारी सरुवा गरेको विषयलाई पनि मान्न सकिन्छ ।’

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved