कानुनी व्यवधानले मृगौला प्रत्यारोपणमा समस्या भएको मृगौला विरामीको गुनासो

  • जेठ ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कबि १८ महिनादेखी दुवै मृगौलमा खराबी आएर दुई साता भन्दा लामो समयदेखि उदाहरणका लागिे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गर्दै आउनु भएका धरान १४ का प्रेमप्रसाद पराजुलीले मृगौला प्रत्यारोपण सम्बन्धी कानुनको जटिलताका कारण समयमै मृगौला प्रत्यारोपण गर्ननपाएको भन्दै कानुन संसोधको मागसहित नेपाल सरकारलाई ध्यानकर्षण गराएका छन्।

आफूमात्र हैनप्रत्यारोपण सम्बन्धी कानुनको व्यवधानका कारण धेरैले समयमै मृगौला प्रत्यरोपण गराउन नपाउँदा ज्यान गु माउनु परेको भन्दै कानुनी जटिलता हटाउन संघीय सरकार अन्तर्गतप्रधानमन्त्री, गृहमन्त्री लगायत सरोकारवालापक्षसँग माग समेरतगने ।

करिब १८ महिनादेखि मृगौला बिग्रिएर विरामी पर्नुभएका पराजुलीले दुई साता लामो समयदेखि धरानस्थित बीपी को इराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गर्दै आएका छन्।

कानुनमा आफ्नै परिवारबाट मृगौला प्रत्यारोपण गर्न सहज भएपनि आफन्त तथा कसैले प्रत्यारोपणका लागि दिए पनि कानुनीध अड्चनले प्रत्यारोपण गर्ननसकिने भएकोले सबैले बाच्न पाउने अधिकारको हनन नहुने गरी विद्यमान कानुनी प्रावधान संसोधन गरेर सहज रुपमा उपचार गराउन पाउनुपर्ने माग उनको छ।

उनले आफू विरामी हुदा पनि यसलाई अभियानकै रुपमा लाने प्रतिबद्धता व्यक्त गरे ।

विजयपुर मन्दिर अगाडि फूलमालाको व्यापार गर्दै आएकी धर्मपत्नी विमला पराजुली समेत लडेर स्पाइनल कर्डइन्जुरी भएपछि अहिले ५३ बर्षीयपराजुलीलाई समस्या माथि समस्या थपिएको छ।

कानुनी बाधा अड्चन रहेकै कारण मृगौला दान गर्नेहरुले स्वेच्छाले दिँदा समेतप्रत्यारोपण गर्न नपाइएको उनको गुनासो छ।

उनले प्रतिष्ठानभित्र डाइलासिस गर्ने विरामीको अवस्थाको विषयमा पनि गम्भीर ध्यानाकर्षण गराए।

दिनमा धेरै विरामी डाइलासिस गर्नआउनेहरु जीवनमरणसँग संघर्ष गरिरहदा गर्मीको समयमा टिनको छानोमुनि डाइलासिस गराउनुपर्नै बाध्यताले विरामीहरु मारमा पर्नुपर्ने भन्दै यस तर्फसमेतसबैको ध्यानाकर्षण हुन आवश्यक रहेको बताए।

मृगौला प्रत्यारोपणसम्बन्धी कानुनी जटिलताका कारण सर्वसाधारणले बाँच्न पाउने अधिकार हनन भएको उनले नेपाल सरकारका मनाविाल मानव अधिकारवादी संंघसंस्थालाई कानुनसंसोधन गरेर सुलभ उपचारको व्यवस्था मिलाउन पत्राचार समेत गरेका छन्।

उनले आफूजस्ता धेरैको समस्याको प्रतिनिधित्व गरेर पत्रकार सम्मेलन गरेको बताउदै आफूले उपचारपछि पुनर्जीवन पाएको खण्डमा स्पाइनल कर्ड इन्जुरी भएका विरामीको सेवामा समर्पित हुने समेत बताए।

 

 

 

 

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved