कोशीमा राजनीतिक तथा शान्ति वार्ता टोली गठन

  • जेठ ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता टोली गठन गरेको छ ।
प्रदेशको नामकरण पछि चली रहेको आन्दोलनका विषयमा वार्ता गर्न वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीमा भौतिक पूर्वाधार मन्त्री गणेश प्रसाद उप्रेती आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी सदस्य रहेका छन् ।यस्तै वार्ता टोलीको सदस्य सचिव आन्तरिक मामिला तथा कानुन सचिव लक्ष्मी प्रसाद पौडेल नियुक्त भएका छन् ।

यस अघि प्रदेश सरकारसङ आन्दोलनरत पक्षको पटक पटक वार्ता भएको थियो । तत्कालीन मन्त्री कमल प्रसाद जबेगुको संयोजकत्वमा गठित वार्ता टोलीसङ भएको वार्तामा कोशी प्रदेश सरकार र प्रदेशको खारेज गरी पुनःनामाकरण सङ्घर्ष समितिबिच ५ बुँदे सहमति भएको थियो ।

वार्तामा संविधानसम्मत ढङ्गले प्रदेशको पुनःनामाकरण गर्न संयुक्त रूपमा राजनीतिक वातावरण बनाउने सहमति भएको हो ।

सहमतिमा पहिचान पक्षले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएका आन्दोलनकारीको प्रदेश सरकारले निःशुल्क उपचार गर्ने, उनीहरूमाथि लगाइएका राजनीतिक मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फागुन १० गते पहिला नै दुवै पक्षको सहमतिमा पुनः वार्ताको मिति तोक्ने सहमति भएको थियो ।

माघ २६ गते भएको सहमति पछि थप वार्ता हुन सकेको थिएन । तत्कालीन सरकार परिवर्तन भएपछि आज बसेको प्रदेश सरकारको मन्त्री परिषद् बैठकले वार्ता टोली पुन गठन गरेको छ । बैठकले प्रदेश योजना आयोगका सदस्यहरू समेत मनोनयन गरेको छ ।

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

हाइवे विस्तारबाट जग् ...

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम् ...

६२ प्रतिशत काम सम्पन ...

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved