रक्तदान गरौं,बिरामीलाई पुनः जीबन प्रदान गरौं !!!

  • जेठ २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt - बासुदेब गौतम

२१औं शताब्दीमा आइ पुग्दा सम्म विज्ञानले कति कति आविष्कार गर्यो तर पनि रगतको विकल्प दिन सकेको छैन।

अहिले पनि विश्वमा कोहि व्यक्ति विरामी भएर रगतको आवश्यकता परेमा अर्को एक स्वस्थ्य व्यक्तिको रगत मात्र १ विकल्प हो ।

रक्तदान गर्नु भन्दा अगाडि प्राविधिकहरुले स्वास्थ्य परिक्षण गर्छन् र रक्तदान गर्न योग्य व्यक्तिलाइ मात्र रक्तदान गर्न अनुमति पाइन्छ ।

जो रक्तदान गर्न योग्य हुन्छ,उ भाग्यमानी हो किनकी निरोगी र स्वस्थ्य ब्यक्तिले मात्र रक्तदान गर्न सक्छन् ।

रगत हाम्रो नांगो आँखाले हेर्दा सबै रातै देखिन्छ तर ल्याबमा लगेर टेष्ट गर्दा यो भित्र बिभिन्न तत्व भएको र रगतका विभिन्न प्रकार जस्तैA,B,O,AB Group मा छुटिन्छ ।

यसको पनि positive / negative हुन्छ । हामी जुन ग्रुपमा जन्मन्छौ । त्यहिँ ग्रुपमा मर्छौं । विरामी हुदा जुन ग्रुपको हो,सोहि ग्रुपको ब्लड आवश्कता पर्छ।

हाम्रो शरिरको नसामा बगिरहनें रातो तरल पदार्थको पनि आयु हुन्छ ।

कुनै तत्व जस्तै RBC,WBC, platelets, plasma सबैको धेरै थोरै आयु हुन्छ ।

हामीले रक्तदान गरे पनि नगरे पनि सेलहरु मर्दै जान्छ। नयाँ सेलहरु हाम्रो शरीरले बनाउँदै गर्छ। हाम्रो शरीरमा रगतलाई साँचेर राख्न सकिंदैन ।

किनकी बुझ्नें भाषामा भन्दा हाम्रो शरीरमा रगत बनाउनें मेसिन हुन्छ । जुन मेसिनले निरन्तर आवश्यकता अनुसार रगत बनाई रहन्छ ।

यसरी सधैं बाँचि पनि नरहनें शरीरमा सककाचिरहन पनि नसकिनें रगतलाइ दान गर्दा कसैको जीवन बाँच्छ भनें यो भन्दा ठूलो पुण्य दान अर्को हुनैं सक्दैन ।तर हामी नजानेंर रगत दान गर्दा कमजोरी होइन्छ की भन्नें भ्रमले हामी रक्तदान गर्दैनौ तर वास्तवमा यो हाम्रो अज्ञानता हो।

कति उमेर समुहकाले रगत दिन मिल्छ ?

१८ वर्ष उमेर पुगेको ४५ किलो वजन भन्दा माथिको स्वास्थ्य परिक्षणमा पास भएको व्यक्तिले निर्धक्क रक्तदान गर्न सकिन्छ ।

पुरुष दाजु भाइले प्रत्येक ३ महिना पछि र दिदी वहिनीले ४ महिना पछि सधैं रक्तदान गर्न सकिन्छ।

हामी पुरुष महिला सबैलाई शरीर संचालन गर्न प्रति १ किलो वजन वरावर ५० एमएल रगतको आवश्कता हुन्छ । हाम्रो शरीरमा स्वस्थ्य पुरुषहरुको प्रति किलो वजन सरदर ७६ एम एल र महिला दिदी वहिनीको शरीरमा प्रति किलो वजन ६६ एम एल हुन्छ ।

प्रकृतिले नैं दिदी वहिनीसँंग मासिक श्राव बच्चा पाउनु पर्नें आदि कारणले गर्दा कम हुन्छ। यसरी हेर्दा हामीलाई चाहिनें भन्दा पुरुषमा २६ एम एल र महिलामा १६ एम एल रगत बढि रहन्छ । हामीले रगत दिनें पोकामा ५० एम एल रगत नजम्नें औषधी रहन्छ र ३०० एम एल रगत दान गर्छौं ।

मानौं,एक जना ६० किलो वजन भएको मान्छेसंग ३०० एमएल रगत निकाल्दा प्रति किलो वजन ५ एम एल निकालिन्छ ।अझै पुरुष रक्तदातासंग २१ एम एल र महिना दिदी वहिनी संग ११ एम एल रगत शरीरलाइ चाहिँनें भन्दा वढि नैं स्टक रहिरहेको हुन्छ।

अहिले रगतको अभाब :
अहिले रगत चाहिनें विरामी धेरै र रक्तदान गर्नें थोरै भएको कारण बेला बेलामा रगतको चरम अभाव भइरहेको छ ।

हाम्रो देशका होनहार स्वस्थ्य युवाहरु वैदेशिक रोजगारीमा विदेश गएका छन् । देशमा बृद्ध बृद्धा र केटाकेटी मात्र छौं ।

धेरै युवाहरु अझै पनि कमजोरी होइन्छ भनेंर रक्तदान गर्न तर्कि रहेका छन् ।

रक्तदान गरेपछि शरीर फुर्तिलो हुन्छ

रक्तदान गर्दा कहिल्यै कमजोरी हुइदैन बरु नियमित रक्तदान गरे जीउ झन फूर्ति हुनें अरु स्वस्थ्य महसुस हुन्छ ।

रक्तदान गरेको केहि समय पछि नैं नियमित सबै काम गर्न सकिन्छ ।

नेपालमैं पनि १२५ पटक भन्दा बढि नियमित रक्तदान गर्नें थुप्रै माहानुभावहरु हुनु हुन्छ । म वहाँहरु सबैलाइ सम्मान गर्न चाहान्छु ।

हाम्रा छोरा छोरी नाति नातिना १८ वर्ष पुगे पछि रक्तदान गरेर जन्म दिन मनाउनें परम्पराको शुरुवात गरौं भन्नें आह्वान पनि गर्न चाहान्छु।

रक्तदान गर्नें संस्थाहरु एबम् रक्तदान गर्नें आदरणीय रक्तदाताहरुमा धन्यबाद दिन चाहान्छु।

( बासुदेब गौतम नेपाल रेडक्रस सोसाइटी सुनसरी ,पूर्व सभापति,तथा केन्द्रिय समिति सदस्य एबम् हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रक्तसञ्चार केन्द्रको संयोजक छन् । गौतम केन्द्रका संस्थापक पनि हुन् ।)basudev-gautam-1

तस्बिर:बासुदेब गौतम

गोधुली फुटबलःरात्रीक ...

धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतिय ...

देशकै ठुलो राष्ट्रिय ...

इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुन ...

घिसिङको पक्षमा धरान ...

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्य ...

धरानका मेयरलाई पत्रः ...

वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved