प्रदेस स्तरीय एस.ई.ई.आईडलका फाईनलिस्टलाई अभिमुखिकरण

  • जेठ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

  धरान/ फक्ताङलुङ मिडिया हाउस प्रा. लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आइडल -२०२४ का फाईनलिस्टलाई मङ्गलबार खाना शिष्टाचार र प्रस्तुतीकरण सम्बन्धि अभिमुखिकरण गरिएको छ।1717507097467

यु.एन.कलेजको सेमिनार हलमा कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्टले फाईनलमा पुगेका प्रतिष्पर्धीहरुलाई अनरराष्ट्रीय मापदण्ड अनुसार खाना शिष्टाचारको बारेमा जानकारी गराए।

आफ्नो वरिपरि बसेका मानिसलाई असर नपुर्याई काटा चम्चाको सही प्रयोग गरेर शिष्ट तरिकाले खानु नै खाना शिष्टाचार भएको कोअर्डिनेटर श्रेष्ठले बताए।

 कोअर्डिनेटर श्रेष्ठले काटा चम्चाको उचित ढंगले प्रयोग गर्ने तरिका प्रयोगात्मक रुपले प्रतिष्पर्धीहरुलाई सिकाए।

 यसैबिच फाईनलिष्टलाई एस.ई.ई.आईडलका इभेण्ट म्यानेजर तिर्थ कार्कीले प्रभावकारी प्रस्तुतीकरण कसरी गर्ने भन्नेबारे जानकारी दिए।

कुनै पनि प्रतिष्पर्धामा प्रतिभा भएर मात्र नहुने र प्रतिभालाई प्रस्तुतीकरणले थप प्रभावकारी बनाउने म्यानेजर कार्कीले बताए। स्टेजमा गाउदा वा बोल्दा माईक्रो फोनको सही प्रयोग कसरी गर्ने भन्नेबारे प्रतिष्पर्धीहरुलाई कार्कीले जानकारी गराए।

 फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. का अध्यक्ष डम्बर कुमार तुम्बापोले प्रतिष्पर्धीहरुलाई भोट हाल्ने तरिकाका साथै फाईनल प्रतिष्पर्धाका लागि कसरी तयारी गर्ने भन्नेबारे जानकारी गराए।1717507093603

इभेन्ट निर्देशक राम बहादुर लिम्बुले एस.ई.ई.आईडलका प्रतिष्पर्धीहरु एकसा एक भएको बताउदै फाईनलमा अझ निखारिएर प्रस्तुत हुन सबैलाई आग्रह गरे।

म्युजिक कोअर्डिनेटर बिनायक राईले प्रतिष्पर्धीहरुलाई गायनबारे अभिमुखिकरण गरे।

  एस.ई.ई.आईडलको फाईनलमा गायनतर्फ उत्कृष्ट १० र नृत्यतर्फ १० गरि २० जना पुगेका छन।

ग्रान्ड फिनाले आगामी आषाढ-७ गते शुक्रबार धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।1717507090236

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved