आगामी बजेटमा अपांगता विशेष प्राथमिकता दिन माग

  • जेठ २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आगामी आउने नीति तथा कार्यक्रममा अपांग तथा असहायहरुलाई समेट्ने र उहाँहरुको समस्यालाई गम्भीरतापूर्वक लिने बताएका छन् ।

मेयर राईले धरान १९ स्थित अपांंग तथा असहाय केन्द्रद्धारा आयोजित सहयोग कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।

अपांगका लागि अपांग मैत्री भवन निर्माण नहुनु, राज्यले यस्ता वर्गका लागि आत्मनिर्भर बन्ने खालका योजना नल्याउनु दुःखको कुरा भएको बताउँदै उपमहानगरपालिकाले आगामी प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा यस्ता वर्गलाई प्राथमिकतामा समेट्ने बताए । उनँले यस्ता वर्गका लागि शिक्षा, स्वास्थ्य तथा स्वरोजगारको विषयमा नीति तथा कार्यक्रममा प्रस्तुत गरिने स्पष्ट पारे ।

उनँले व्यक्तिगत तथा विभिन्न सामाजिक संघ संस्थाले लक्षित वर्गलाई सहयोग उपलब्ध गराएको प्रति सकारात्मक भएको बताए ।

यस संस्थाबाट बर्षौदैखि सहयोग पुर्याउँदै आएका अशोक अग्रवालले अपांग तथा सहायलाई सहयोग गर्न आफूभित्र कुनै स्वार्थ नभएको बताए ।

उनले अपांगता भएकाहरु गाँस, बास तथा शिक्षा र स्वास्थ्य उपचारका लागि सानै भएपनि निरतर सहयोग पुगोस भन्ने अभिप्रयाले सहयोग गराउदै आएको बताए ।

उनले विमा लगायतका सेवा सरकारी स्तरबाट सर्वसाधारणलाई उपलब्ध गराएपनि छिटो, छरितो र प्रभावकारी नहुदा सबैलै समस्या भोग्नु परेको बताए ।

पछिल्लो संस्थामार्फत २० घर परिवारहरूलाई खाद्यन्न सामाग्री बितरणसँगै ६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री, जन्मदै कानको बनावटको समस्याबाट पिडित बालिका वर्ष–३ को लकी श्रेष्ठको शल्यक्रिया उपचार गर्न काठमाडौं पठाईएको छ भने स्वास्थ्य बिमा १२५ जनाको गरिएको छ ।

यस्तै २ जना अपांगता भएकाहरुका लागि सहयोग समेत उपलब्ध गराएको थियो ।

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved