धरान /संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्र राईले धरानको खानेपानी समस्याको दीर्घकालीन समस्या समाधानमा सरकार लागेको स्थानीय सरकार धरान उपमहानगरपालिका र धराने सर्वसाधारणलाई आश्वासन दिनुभएको छ ।
खानेपानी अभवमा जीवन विताइरहैका धरानेहरु मन्त्रीको आश्वासनमा पूर्ण रुपमा विश्वस्त नभए पनि कोशीबाट पानी ल्याउनका लागि छुट्याइएको बजेट, प्राविधिक कठिनाईको समाधान तथा डिपिआर गर्ने तयारी भएको समेत मन्त्रीले बताइसकेपछि भने धरानेहरुमा आशाको दियो भने पलाएको छ ।
बर्षौदेखिको खानेपानीको समस्या समाधान नहुदा अहिले पनि धरानबासीहरु काकाकुल जीवन विताइरहेका छन् ।
खानेपानीको मुद्धा बोकेर स्वतन्त्रबाट धरान उमहानगरपालिकाको मेयरमा निर्वाचित हर्कराज राईले समेत स्थानीय सरकारमा यथेष्ट बजेट नहुदा संघ तथा प्रदेश सरकारलाई धरानको खानेपानी कार्यालयमा ध्यानाकषण समेत गराइसक्नु भएको छ ।
संघीय सरकारले बजेटमै पारेर आर्थिक बर्ष ०८१/०८२ को बजेटमा कोशीबाट पानी ल्याउने संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्र राईले आश्वासन दिएपछि भने स्थानीय सरकार र धराने जनता खानेपानी समस्या समाधान हुने आशा भने पलाएको छ ।
मन्त्री राईले कोशीबाट पानी ल्याउनका लागि संघीय सरकारले ५ अर्ब ७२ करोड ५६ लाख रुपैया विनियोजन भई टेन्डरको प्रक्रियामा रहेको बताए ।
उनले वातावरण प्रभाव मूल्यांकन (इआइए) काम भने बाकी रहको बताए ।
मन्त्री राईले यो कुरा नेकपा एमाले धरान उपमहनगर कमिटीले आयोजनामा भएको कार्यकर्ता भेलामा मात्र हैन, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई कार्यकक्षमै भेटेर आगामी आर्थिक बर्ष ०८१ / ०८२ भित्रमा काम सम्पन्न हुने आश्वासन समेत दिएका थिए ।
खानेपानीकै मुख्य एजेण्डा बोकेर अल्पकालीन पानीको स्रोत बढाउन निर्वाचित भएपछि नै लागि परेका मेयर राईले पटक पटक आश्वासनमात्र पाएकोलेसुचारु गरेर चाडै सम्पन्न गरी धरानको खानेपानी समस्यामा गम्भीर बन्न आग्रह गरे ।
उनले बर्षातको समयमा खानेपानीको समस्या पर्याप्तभएपनि हिउँदमा समस्या हुने बताउदै अहिले पनि धरानहरुको खानेपानीको समस्या अभावले दिनचर्या समस्यामा रहेको मन्त्री राईलाई जानकारी गराएका थिए ।
धरानको खानेपानी समस्या समाधानमा कोशी प्रदेश सरकारले धेरै पहल गरेको कोशी प्रदेशका सांसद रमेश बस्नेतले जानकारी दिए ।
उनले धरानको खानेपानी समस्या समाधानमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारकै पहल रहने भएकोले विगतमा अल्पकालीन समस्या समाधानमा कोशी प्रदेशले संसद भवनमा नै कुरा उठाएको प्रस्ट पारे ।
पाटीले गरेको कार्यक्रम तथा नगरपालिकामा भेटघाटका क्रममा अन्य कुनै मुद्धामा छलफल भएन ।
खानेपानी समस्याको मुद्धामा केन्द्रित भएर गरेको छलफलमा धरान खानेपानी व्यवस्थापन बोर्डका व्यवस्थापक ई. राजु पोख्रेलले धरानलाई दैनिक ४ लाख लिटर पानीको आवश्यकता रहे पनि सुख्खा मौसममा २ लाख लिटरमात्र उत्पादन हुने जानकारी मन्त्री राईलाई गराएका थिए ।
धरानमा खानेपानीको चरम अभाव भएको समयमा मन्त्री राईलै दिनुभएको आश्वासनलाई सबैले सकारात्मक ढंगले लिएका छन् ।
बर्षौदेखि कोशीबाट पानी ल्याएर दीर्घकालीन समस्या गर्ने आश्वासनमा बाँचेका धरानेहरुले बजेट विनियोजनसँगै डिपिआरसमेत बनेको आश्वासन दिएपछि भने धरानेहरुमा खानेपानीको दीर्घकालीन समस्या समाधानमा आशाको दियो पलाएको छ, जीवनसँग जोडिएको खानेपानी समस्या समाधानमा अब सरकार गम्भीर भएर लाग्नु बाहेक अर्को विकल्प छैन ।