धरानका आशिष पोख्रेल अमेरिकी संसदको उम्मेदवार को हुन् एड्रीयन पोख्रेल ?

  • जेठ ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt - हिमाल दाहाल

इटहरी/ सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् ।

निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् ।

कुनै पनि उम्मेदवारलाई यती संख्यामा हस्ताक्षर पुर्याउन ठूलो चुनौती हुन्छ ।

उनले उक्त चुनौति छोटो समयमै पार गरेर अहिले चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएका छन् ।

१४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पुर्व कप्तान पोख्रेलले विश्वकै शक्तिशाली गुप्तचर संस्था केन्द्रीय खुफिया एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरिसकेका छन् ।

कुनैपनि नेपाली मुलका व्यक्तिले सिआइएमा काम गरेको यो पहिलो अवसर हो ।

उनको उम्मेदवारीलाई नेपालीहरुले मात्र होइन, भर्जिनिया १० मा रहेका धेरै अमेरिकीहरुले पनि सकारात्मक रुपमा हेरेका छन् ।

उनको उम्मेदवारीबाट नेपालीहरुलाई हेर्ने अमेरिकी दृष्टिकोण बदल्न सक्ने सम्भावना भएकोले त्यहाँका नेपालीहरुले सकारात्मक रुपमा लिएका छन् ।

साथै उनले लिएका एजेण्डाहरुका कारण उनलाई अमेरिकीहरुले पनि मन पराएका छन् ।उनले आफूले अमेरिकीहरुबिच एकता र समानता ल्याउनका लागि चुनावमा होमिएको बताएका छन् ।

एड्रियनले मानसिक स्वास्थ्य सेवा सुधार गर्ने, स्वास्थ्य सेवाको लागत घटाउने, र महिलाको प्रजनन अधिकार, रोजगारी सिर्जना, श्रमिक संघहरूको अधिकार र लोकतन्त्रको सुरक्षालाई प्राथमिकता दिएका छन् ।पोख्रेल सैन्य खुफिया, व्यवस्थापन, नेतृत्व, साइबर, नैतिक ह्याकर, नेटवर्क प्रशासक, सुरक्षा विशेषज्ञ, राष्ट्रिय सुरक्षा जस्ता विषयका ज्ञाता छन् ।

धरानको शिक्षा सदनबाट शिक्षा सुरु गरेका उनले अमेरिकामा बिजनेस एड्मिनिस्ट्रेसन, फाइनान्स, इन्टेलिजेन्स स्टडी र रणनीतिक सुरक्षा विषयमा अध्ययन गरेका थिए ।आउँदो जुन १८ मा हुने प्राथमिक निर्वाचनमा पोख्रेलसहित ११ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

को हुन् एड्रीयन पोख्रेल ?

बासुदेव पोख्रेल र धरानी पोख्रेलको कोखबाट धरान १४ विजयपुरमा पोखरेलको जन्म भएको थियो ।

उनको बाल्यकाल सुनसरीमै बित्यो । उनले धरानकै शिक्षा सदन माविबाट स्कुले शिक्षा लिए भने उच्च शिक्षा काठमाडौको शंकर देव क्याम्पसबाट पाए ।

त्यसपछि उनले अमेरिकाको टेक्सासस्थित सान ज्याकिन्टो कम्युनिटी कलेमा बिजनेस एड्मिनिस्ट्रेसन र ह्युस्टन विश्वविद्यालयबाट फाइनान्स विषयमा स्नातक उत्तीर्ण गरे ।

उनको अध्ययन त्यतीमै रोकिएन । अमेरिकी सैन्य विश्वविद्यालयबाट इन्टेलिजेन्स स्टडीमा मास्टर्स अनि राष्ट्रिय अमेरिकी विश्वविद्यालयबाट रणनीतिक सुरक्षामा पीएचडी–सी गरे ।

अमेरिकामा सुरुवाती दिनमा ह्युस्टन क्षेत्र वरपर ग्यास स्टेशनमा काम गरेका उनले त्यसपछि कन्टिनेन्टल एयरलाइन्समा विभिन्न पदमा ११ वर्ष काम गरे ।

त्यसपछि ह्युस्टन प्रहरी विभाग, यातायात सुरक्षा प्रशासन, रेलमार्ग, राष्ट्रिय सुरक्षा एजेन्सी हुँदै उनले केन्द्रीय खुफिया एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरे । उनले अमेरिकी सेनामा भर्ती भएर सैनिक हुँदै अधिकारीसम्म भए । सेनाको अधिकारी भएर १२ वर्ष काम गरे ।

उनले जहाँबाट उनले कप्तान भएर अवकाश पाएका थिए । यसैवीच नेपालीहरु अमेरिकी चुनावमा उम्मेदवार बन्ने क्रम जारी छ । यसअघि सन् २०१२ र २०१६ मा नेपाली दर्शन रौनियार वाशिङ्टन राज्यको डिष्ट्रिक्ट–१ बाट अमेरिकी संसदको लागि चुनाव लडेका थिए ।

कुनैपनि नेपालीले अमेरिकी संसदको चुनाव लडेको यो पहिलो पटक थियो । दुवै पटक पराजित भएपनि उनको उम्मेदवारीले अमेरिकाका नेपालीहरुमा अमेरिकी चुनावप्रति आकर्षण बढाएको थियो ।

नेपालीहरु अमेरिकाको विधान सभा सदस्यमा भने निर्वाचित भएको इतिहास छ । २०७९ कात्र्तिकमा भएको निर्वाचनबाट नेपाली मूलका डा. ह्यारी भण्डारी मेरिल्याण्ड राज्यमा र सराहना श्रेष्ठ न्युयोर्क राज्य सभामा पुगेका छन् ।यो पटक गत जेठ २ गते अमेरिकी संसदको लागि भएको प्राथमिक निर्वाचनमा डा. ह्यारी मेरिल्याण्ड २ बाट चुनावमा उठेका थिए ।

तर उनी पराजित भए । पराजित भएपनि उनी विधान सभाको भने सदस्य अझैपनि कायम छन् ।

एड्रियन पोख्रेल पनि अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने अभियानमा छन् ।
उनको अगाडी अमेरिकी संसदमा नेपालीको प्रतिनिधित्व गर्ने मात्र होइन, निरन्तर हारको इतिहासलाई बदल्ने चुनौति समेत छ । चुनौति पार लगाउनको लागि पोख्रेल र उनका समर्थकहरु लागि परेका छन् ।

ताप्लेजुङमा बाढी पहि ...

फुङ्लिङ/ निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन् ...

धरानमा दोश्रो चरणको ...

धरान /धरान उपमहानगरभित्र सवारी अस्तव्यवस्तालाई न्य ...

कोशीमा नयाँ बजेट आय ...

मोरंग/ कोशी प्रदेश सरकारले आज (शनिबार ) ३५ अर्व २७ ...

सानिमा बैंकका कर्मचा ...

धरान/ सानिमा बैंकका कर्मचारी तथा ग्राहक बर्गहरुलाई उपचा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved