सुनसरीमा फर्सीखेतीबाट राम्रो आम्दानी

  • वैशाख १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहताको दैनिकी फर्सी खेत र फर्सी बिक्री वितरणमा बित्ने गरेको छ ।

केही दिन अघि हरेक दिन बिहान घर नजिककै फर्सी खेतमा सुरुवाती अवस्थामा मुण्टो टिप्ने मुठा बनाउनमै समय बिताउने गरेका मेहताले अहिले फलेको हरियो काटो र पाकेको फर्सी टिप्न र ओसार्न तथा बिक्री वितरणमा व्यस्त बनेका छन् ।

पहिले समयको सदुपयोगको लागि मात्रै घरमै तरकारी खेती सुरु गर्नुभएको राम मेहताले अहिले भने व्यावसायिक रूपमै फर्सी खेती सुरु गरेका हुन् ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहता सहितका सयौँ किसान कम लागत र धेरै आम्दानी हुने फर्सी खेतीतर्फ आकर्षित भएका स्थानीय दीपेन्द्र यादवले जानकारी दिए ।

मौसमी तथा बेमौसमी फर्सीको मुण्टो र फर्सीको फल समेत बजारमा बिक्री हुने भएकाले फर्सी खेतीमा मेहता जस्तै उपेन्द्र यादवले एक बिघामा, बालेश्वर यादवले १५ कट्ठामा, कृपाराम मेहताले झण्डै एक बिघामा, रामु मेहताले १० कट्ठामा, गुदर यादवले १५ कट्ठामा, डम्बर यादवले १० कट्ठामा, रमेश यादव विक्रमले ५ कट्ठामा र महानन्द यादवले एक बिघा गरेर सयौँ बिघामा फर्सी लगाएका छन् ।

नरसिंह टाप्पुको नामले चिनिने भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ र ७ नरसिंहका सय बढी किसानले फर्सीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

स्थानीय स्तरमै फर्सीखेती गरेर स्थानीय उपभोक्तालाई ताजा फर्सीको मुण्टो र फर्सी उपभोग गराउने उद्देश्यले नै फर्सी खेती गरेको किसान रमेश यादवले बताए ।

पाँच वर्ष अघिदेखि किसानले प्रति कट्ठामा दुई हजारदेखि पाँच हजार रुपियाँको लगानीमा फर्सीखेती सुरु गरेर उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

किसानले फर्सीको मुण्टो होलसेलमा प्रति मुठा १० देखि २० रुपियाँ र काँचो फर्सी प्रति केजी १५ देखि ३० रुपियाँमा बेच्ने गर्नुभएको छ ।

पाकेको फर्सी जिल्ला बाहिरका व्यापारीले खेत वा घरबाटै लाने गरेको किसान कृपाराम मेहताले जानकारी दिए ।

फर्सीको मुण्टो होलसेलमा खेतमा नै खपत हुने गरेको छ ।

किसान मेहताका अनुसार एउटै सिजनमा हावाहुरी र पानीबाट जोगिँदा उत्पादित फर्सीबाट प्रतिबिघामा दुई लाखदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved