बैशाख ८ गते धरान रंगशालामा कन्दरा लाइभ इन धरान हुँदै

  • बैशाख ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नयाँ वर्ष २०८१ को अवसर पारी आगामी वैशाख ८ गते शनिबार धरानको धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित ‘कन्दरा लाइभ इन धरान’ साङ्गीतिक कार्यक्रम मार्फत धरानमा आफ्नो प्रस्तुति दिँदैछन्।

६ वर्ष अघि धरानसँगै दमक र बिर्तामोडमा भव्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ।

यो टिम जुटेसँगै कन्दराले ‘बिचरा म’ बोलको गीत सार्वजनिक गरिसकेको छ भने गत पौष २७ गते पोखरामा भव्य कन्सर्ट सम्पन्न गरेर पुन आफ्नो कौशल प्रदर्शन गरिसकेको छ ।

सातै प्रदेशको मुख्य सहरहरूमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुरूप धरानमा कन्दराको यो टिमअपको दोस्रो कन्सर्ट रहेको छ ।

यसपछि चितवन, सुर्खेत, नेपालगन्ज, बुटवल , जनकपुर , काठमाडौँ लगायतका प्रमुख सहरहरूसँगै नेपालका कुना(कन्दरा लगायतका सम्पूर्ण ठाउँमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको कन्दराका मुख्य खम्बा तथा गायक विवेक श्रेष्ठले बताए।

 ‘लेककी हे माया,’ तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको जोवन ’ ‘लेककी हे माया,’ ‘तिमी पारी त्यो गाउँमा ,’ ‘बिदेसिएर गइन् उनी’भेँडीगोठैमा , प्रियसीको कल्पनामा विश्वासको दियो लगायतका थुप्रै पुराना चर्चित गीतहरू सँगै नयाँ गीत ‘बिचरा म ’ लगायतका गीतहरू कन्दरा लाइभ इन धरान-कन्सर्टको पुरा समय कन्दरा ब्यान्डले पस्केर धराने दर्शकहरूलाई मनोरञ्जन दिनेछन्।

 ६ बर्ष अघि धरानको पब्लिक हाईस्कुलको मैदानमा धरानको दर्शकहरुको पुरै साथ पाएकोले पनि आफ्नो नयाँ टिमअप सहितको कन्दराले पोखरा पछि धरानमा नै कन्सर्ट गर्न रोजेको शहर हो। 

कन्दरा ब्याण्डले २६ बर्ष अघि धरानको गणेश टाकिजमा आफ्नो पहिलो धरानको कन्सर्ट गरेको थियो। 

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी भैसकेको छ। 

कन्सर्टको साउण्ड , लाइट , स्टेज तथा एलईडीको व्यवस्थापन पुर्वमा नै नाम कहलिएको सुन्दर साउण्ड सर्भिसले गर्दैछ। 

धरानमा अहिले सम्मकै भब्य र सभ्य कन्सर्टको रुपमा  आयोजनाको तयारी भैरहेको छ।  

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved