धरान किड्जीलाई अनुमतिको प्रस्ताव ल्याएको भन्दै आक्रोशित

  • चैत १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा भारतीयले चलाएको किड्जी एजुकेशनलाई नगरको कर्मचारीले सेटिङमा धरान ११ मा सञ्चालन अनुमतिको प्रस्ताव ल्याएको भन्दै वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले आक्रोश पोखेका छन् ।

बिहिबार बसेको कार्यपालिका बैठकमा धरान किड्जी एजुकेशनलाई धरान ११ मा प्रारम्भिक बाल विकास कक्षा अनुमति दिन प्रस्ताव पेश भएको थियो ।

शिक्षा, युवा तथा खेलकुद महाशाखाले न्युनतम पूर्वाधार तथा मापदण्ड पूरा भएकोले अनुमति दिन उपयुक्त भएको राय पेश भएको थियो । उक्त प्रस्तावमा असहमति जनाउदै वडा नं १८ का अध्यक्ष राईले कर्मचारीसँग सेटिङमा प्रस्ताव आएको भन्दै कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरे ।

वडाअध्यक्ष राईका अनुसार विगतमा भारतीय सञ्चालकले वीपी प्रतिष्ठानभित्र किड्जी सञ्चालन गरेको थियो ।

प्रतिष्ठानको जग्गा अवैधरुपमा भारतीय कम्पनी किड्जीलाई उपलब्ध गराएको भन्दै विरोध पनि भएको थियो ।

उक्त किड्जीको अवधि ५ बर्षअघि नै सकिएपछि भारतीय लगानीकर्ता फर्किएको थियो ।

वडाअध्यक्ष राईले आफ्नो वडामा पनि सञ्चालन अनुमतिको लागि भन्दै वीपी प्रतिष्ठानका २ जना डाक्टर भेट्न आएको र प्रलोभन दिएको तर हप्काएर पठाएको पनि खुलासा गरे ।

‘मेरो वडामा पनि आएको थियो, किड्जीलाई अनुमति दिनु भन्दै । वीपीकै डाक्टरले मात्र चलाएको हो ।

कसरी अनुगमन गर्नुभयो ? । प्रश्न गर्न चाहन्छु,’ अध्यक्ष राईले भने,‘२ जना डाक्टर आएर मलाई पनि लोभलालच दिएको हो, कराएर पठाएको थिए ।

यहाँ सेटिंगको कुरा छ । कर्मचारीसँग सेटिंग भएर गरेको हो । कर्मचारीको फट्याई छ, कडा कारबाही गर्नुपर्छ ।’

शिक्षा महाशाखा प्रमुखसमेत रहेका गणेशप्रसाद खतिवडाले वडाबाट सिफारिश आएपछि आफु नै अनुगमनमा गएको र पुर्वाधार तथा मापदण्ड पुरा भएको बताए ।

विवाद भएपछि मेयर साम्पाङले उक्त प्रस्तावमा अनुसन्धान गर्ने बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved