नोबेलकी नर्स चन्द्रिका हत्या प्रकरण पूर्वप्रेमीले पनि गरे आत्महत्या

  • चैत्र ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्व प्रेमीले गरेको खुलेको छ ।

प्रेममा धोका पाएपछि चन्द्रिकाका पूर्वप्रेमी शिवशङ्कर दासले चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् ।

चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटर नजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशङ्कर दास झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

नर्स चन्द्र कुमारी विराटनगर–४ मा रहेको डेराको बाथरुममा शुक्रबार शव भेटिएको थियो ।

सिराहा घर भएकी दासको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि उनका दुईजना प्रेमी रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झुन्डिएको अवस्थामा फेला परेका २२ वर्षीय शिवशङ्कर दास वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

उनी मलेसिया गएपछि चन्द्रिका कुमारीको सिराहाकै एक युवासँग प्रेम सम्बन्ध गाँसिएको थियो ।

चन्द्रिकाको अन्य युवासँग प्रेम सम्बन्ध गाँसिएको थाहा पाएपछि शिवशङ्कर फागुन २७ गते नेपाल आएको खुलेको छ ।

प्रहरीका अनुसार उनी फागुन २७ गते काठमाडौं आएका थिए । उनी फागुन २९ विराटनगर आएको देखिएको प्रहरीले जनाएको छ ।

विराटनगर आएर उनी चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।

डेरामा बस्दा ‘चन्द्रिकाकुमारीले अर्कैसँग प्रेममा रहेको बताएपछि उनको हत्या भएको देखिन्छ’, घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘चन्द्रिकाको हत्या गरेँ ।

अब म पनि आत्महत्या गर्छु भनेर शिवशङ्करले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन् ।’

विराटनगर–४ स्थित नबोल टिचिङ अस्पतालको अर्थो विभागमा चन्द्रिका काम गर्दै आएकी थिइन् ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले चन्द्रिकाको हत्या पछि शिवशङ्करले आत्महत्या गरेको बताए ।

 

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved