दोस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कपमा १४ टिम सहभागि

  • फाल्गुन ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt - बिकास चाम्लिङ राई

धरान/ डिपो स्कुलका पुर्व कार्यसमिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा आयोजित दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा १४ टिमले सहभागिता जनाउने भएको छ ।

डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा फागुन ४ गते देखि सुरु हुन लागेको प्रतियोगिताको उद्धघाटनमा कामे्रल हाइ स्कुल र आइडियल स्कुलले प्रतिश्पर्धा गर्ने भएको छ ।

प्रतियोगिताको खेल तालिका धरान वडा १८ वडाध्यक्ष एवं पुर्व डिपो विद्यार्थी संगठन अध्यक्ष प्रविण राई, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि,

डिपो क्याम्पस प्रमूख राजकुमार राई, बास्केटवल प्रशिक्षक बिकास चाम्लिङ राई, सहभागि विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थितिमा वुधवार तयार गरिएको थियो ।

उद्धघाटनको दिन चार खेल संपन्न हुने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जानकारी गराए ।

उद्धघाटन खेल संगै सोहि दिन सुनाखरि स्कुल र सत्यशिसु, समिट स्कुल र पदम मेमोरियल र ज्ञानोदय स्कुल र प्रभात स्कुल विच खेल हुनेछ ।

प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ ।

प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एभिपि र हाइ स्कोर उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्नेछ ।

डिपो स्कुललाई यहा सम्म ल्याइपुर्याउन लामो समय महत्वपुर्ण योगदान दिनु भएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मानमा गत साल देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको हो ।

प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेका छ ।

मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष र व्यवस्थापन
समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहि डिपो स्कुल विकासमा योगदान रहेको विद्यालयले जनाएको छ ।

वहाकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यपन सुरु भएका थिए ।

उनको कोरोना महामारिको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो ।
प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ ।

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved