धरानमा पनि मनाइयो सरस्वती पूजा

  • फाल्गुन ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt तस्बिर: धरान १६ स्थित नबोदय बिद्या मन्दिर बोर्डिङ स्कुलमा सरस्वती पुजा गर्दै

धरान/  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा धरानमा समेत बिहिबार धुमधामका साथ मनाइयो ।

ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । आजको दिनलाई अभिभावक तथा विद्यालयहरुले आफ्ना नानीहरुलाई अक्षर सुभारम्भ समेत गराउने गरेका छन् ।

धरानका संस्थागत तथा नीजि विद्यालयहरुले विद्याकी देवी सरस्वतीको धुमधाम मनाएका छन् ।

कतिपय विद्यालयहरुले भने यसलाई अवसरको रुपमा समेत लिएका छन् ।

अक्षर शुभारम्भको अवसर पारेर बालबालिकालाई भर्ना गर्ने सुनौलो अवसरका रुपमा समेत लिएका थिए ।

अक्षर सुभारम्भको दिन संस्थागत विद्यालय भन्दा पनि नीजि विद्यालयहरुले यसरी नयाँ भर्ना गरेका हुन् ।

एउटा उदाहरणमात्र हेर्ने हो भने आजकै दिन धरानको आदर्श माविले ६५ जना बालबालिकाकालाई भर्ना गरेको प्रिन्सििल लोकेन्द्र श्रेष्ठले बताए ।

सरस्वती पूजाको दिन भर्ना गर्दा भर्ना शुल्क लिने नगरेको उनीहरुको दाबी छ । आजको दिन भर्ना गर्दा विद्यार्थीहरुको अध्ययन क्षमता तिब्र भएर जाने विश्वास रहीआएको छ ।

त्यसो त बालबालिकाका अभिभावक नै यस कुरामा विश्वास राख्छन् । धरान १३ की सुमित्रा राईले आजकै दिन अक्षर शुभारम्भ गर्दा अध्ययन क्षमता बढ्ने भएकोले आजकै दिन भर्ना गरेर अक्षर सुभारम्म गरेको बताइन् ।

धरानका पुरानो संस्थागत विद्यालय पब्लिक माविमा भर्ना गर्न आउनु भएकी राईलाई पनि सरस्वती पूजाको दिन नानीलाई अक्षर शुभारम्भ गर्दा पढाईमा अब्बल हुने विश्वासले भर्ना गरेको बताइन् । सरस्वती पूजाकै दिन नानीहरुलाई अक्षर चिनाउँदा राम्रो हुने पब्लिक माविका प्राचार्य इन्द्रमोहन झा बताउछन् ।

सरस्वती पूजाले विद्यार्थीको मनोभावनलाई उच्च बनाउने र बढ्ने बानीको विकास गर्ने भएकोले यस दिन अक्षर चिनाउने दिनको रुपमा लिने गरेको उनी बताउछन् । सरस्वती पूजाको प्रत्येक बर्ष अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको विश्वास बढ्दै गएको पाइएको छ ।

अधिकांश विद्यालयले सरस्वती पूजा नियमित पूजाको रुपमा लिने गरेका छन् कतिपय विद्यालयहरुले अवसरको रुपमा समेत सरस्वती पूजालाई लिने गरेको पाइएको छ ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved