वराहक्षेत्र मेयर लिग कप उपाधिका लागि वडा नं.१ र ५ भिड्ने

  • फागुन ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं १ र वडा नं ५ भिड्ने भएका छन् ।

मङलबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा वडा नं.५ विजयी हुँदै फाइनलको यात्रा तय गरेको हो ।

वडा नं ५ ले वडा नं ७ लाई टाइब्रेकरमा ६ गोलको विरुद्ध पाँच गोलले अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल बनेको थियो ।

वराहक्षेत्र ७ देबिघाट स्थित बसन्तऋतृ माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा कुनै गोल हुन नसके पछि खेलको नतिजा टाइब्रेकरबाट लिईएको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ५ का गोलरक्षक सन्देश चौधरी म्यान अफ द म्याच घोषित भए ।

उनले नगद दुई हजार एक सय सहित ट्रफी हात पारेका थिए । सोमवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ३ लाई शुन्यका बिरुद्व तीन गोलको अन्तरले पराजित गर्दै वडा नं १ फाइनलमा प्रवेश गरेको थियो । उपाधिका लागि शुक्रवार प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता ३ पटक विजेता हुने टोलीले चाँदीको ट्रफि आफ्नो स्वामित्वमा पार्नेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार, उपविजेताले १ लाख १ हजार, तेस्रो हुने टिमले ५० हजार र चौथो हुने टिमले २५ हजार प्राप्त गर्नेछन् ।

अर्को सिजनको लिग सुरु भएको १ हप्ता अगाडि उक्त ट्रफि आयोजकलाई फिर्ता गर्नुपर्ने र रनिङ्ग शिल्ड प्रतियोगिता भएकाले ३ पटक विजेता भए मात्र उक्त ट्रफी विजेताको स्वामित्वमा हुने वराहक्षेत्र नगरपालिका खेलकुद नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत तेस्रो र चौथो टिम छनोटका लागि बुधवार वडा नं ३ र वडा नं ७ बिच प्रतिस्पर्धा हुनेछ ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved