विश्व क्यान्सर दिवसमा साइकल यात्रा

  • माघ २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आज विश्व क्यान्सर दिवस । प्रत्येक बर्ष यस दिन नेपालमा कुनै न कुनै प्रकारको सचेतनात्मक कार्यक्रम हुने गरेको छ । यसै क्रममा धरान साइकिलिङ क्लबले भने विराटनगरसम्मको सचेतनात्मक र्‍यालीको आयोजना गरेका छन् ।

धरान साइकिलङ क्लबमा आवद्ध तथा अवुद्र्ध निवारण संघका पदाधिकारी, बीपी कोइराला स्वास्थ्य विज्ञानका चिकित्सक तथा नर्सलगायतको टोली विराटनगर प्रस्थान गरेको हो ।

विहान ८ बजे यो टोली धरानबाट विराटनगरतर्फ प्रस्थान गरेको हो । साशासिक खेलको रुपमा साकइलिङ प्रतियोगिताको आयोजना गर्दै आएको क्लबले प्रतिष्पर्धात्मक प्रतियोगिता आयोजना भने गरकेो होइन ।

प्रत्येक बर्ष फेब्रअरी ४ मा आयोजना हुने विश्व क्यान्सर दिवसको सचेतना फैलाउन उनीहरु धरानबाट विराटनगरतर्फको साइकल यात्रा गरेका हुन् ।

विश्व क्यान्सर दिवसको अवसरमा उनीहरुले ‘जीवनका लागि साइकल यात्रा’ नारा लिएर साइकल यात्रा गरेका हुन् । धरान १२ पब्लिक माविको प्रांगरणबाट शुरु भएको यात्रा तरहरा, इटहरी हुँदै विराटनगरको विराट मेडिकल कलेसम्म पुग्ने छ ।

यात्राको क्रममा उनीहरुले ठाउँ ठाउँमा सचेतनात्मक कार्यक्रम गर्दै जाने बताएका छन् ।

उनीहरुले साइकल यात्राका क्रममा सडक सुरक्षा भने नभएको गुसानो गरेका छन् ।

साइकल लेन नभएकोले सुरक्षाको चुनौति धेरै भएकोले क्यान्सर रोगको सचेतनासँगै हाइवेमा पनि साइकल मार्ग बनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न पनि यो र्‍यालीको आयोजना गरिएको आयोजक धरान साइकिलिङ क्लबले बताएको छ ।

यो यात्राको मुख्य उद्देश्य क्यान्सर भनेको केही होइन, समयमै थाहा पाएर उपचार गराउन सकियौ भने पूर्ण निको भएर सामान्य जीवनयापन गर्न सक्छौ भन्ने सन्देश प्रवाह गर्नकै लागि साइकल यात्राको आयोजना गरिएको धरान साइकिलिङ क्लबका कोषाध्यक्ष कृष्ण केसीले बताए ।

आशा फाउन्डेशनले व्यवस्थापन गरेको सो यात्रामा ७० जनाको सहभागिता रहेको छ ।

यो विराटनगर पुग्ने साइकल यात्री धरान लगायत तरहरा, इटहरी, झुम्का सहित खनार र दुहवी समेत यही यात्रासँगै जोडिदै विराटनगर पुग्ने उनीहरुले बताएका छन् ।

विराटनगरमा कारर्‍याली, म्याराथुन, विद्यालयको मार्चपास लगायत देशका राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत उपस्थिति रहने छ ।

सो अवसरमा क्यान्सर भएर क्यान्सर जितेकाहरुलाई जितेको अनुभव समेत सुनाउने कार्यक्रम रहेको छ ।

वातावरणमैत्री, साहसिक खेलको प्रवद्र्धनमा धरानमा साइकलिङका कार्यक्रमहरु धेरै हुने गरेका छन् ।

भिरालो जमिन, उकालो आरालोको यात्राले पनि धरानमा यस्ता साहसिक कार्यक्रम गर्ने उपयुक्त स्थानको रुपमा चिनिने गरिएको छ ।

साइकल कुदाउने बानीले शारिरीक तथा मानसिक तन्दरुस्तसमेत हुने गरेको समय समयमा प्रतियोगितमक कार्यक्रमको समेत आयोजना हुने गरेको छ । कार्यक्रममार्फत उठेको् फन शिक्षामा समेत लगानी गर्दै आइरहेका छन् ।

केही समय पछाडि अर्थात फागुन ७ गते रोटरी क्लब धरानले प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । गत बर्ष उनीहरुले आयोजना गरेको कार्यक्रमबाट उठेको रकम बाल विकासको वृत्ति विकासमा सहयोग पुर्‍याउदै आएको अध्यक्ष विनय श्रेष्ठले बताए ।
साइकल वातावरणमैत्री र स्वास्थ्यका हिसाबले समेत प्रभावकारी भएकाले धरानमा हुने गरेका सचेतनात्मक कार्य होस् वा प्रतियोगितात्मक कार्यक्रममा होस् धरानका साइकिलिङ क्लबहरुको साहसिक खेलको प्रवद्र्धनसँगै सामाजिक कार्यम पुर्‍याएको योगदानको विषयमा स्थानीय सरकारले समेत सहयोग पुर्‍याउदै आएको छ ।

बजेट अभावका कारण यथेष्ट बजेट यसमा दिन नसके पनि धरान उपमहानगरपालिकाले हर तवरले सहयोग पुर्‍याउदै आएको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बताए ।

 साइकलिङहरुले गरेको काम सह्रानीय रहेको छ । उनीहरुले साहसिक खेलको प्रवद्र्धनमा मात्र हैन, शिक्षा तथा स्वास्थ्य जस्ता विषयमा समेत साइलिङकै माध्यमबाट सहयोग पुर्‍याउदै आएका छन् ।

विश्व क्यान्सर दिवसका दिन समेत उनीहरुले बर्षैपिच्छे कुनै न कुनै कार्यक्रम आयोजना गरेर सचेतना फैलाउने कामलाई निरन्तता दिँदै आइरहेका छन् ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved