१२ औ धरान १० के रनमा जनप्रनिधिहरुको छुट्टै प्रतिश्पर्धा गराइने

  • माघ १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / १२ औ नेवा च्यारिटि १० के रनमा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको छुट्टै प्रतिश्पर्धा गराइने भएको छ ।

स्वस्थ्य समाज निर्माणका लागि जनताले चुनेका जनप्रतिनिधिहरु आफै पनि स्वस्थ्य रहनु पर्छ भन्ने सन्देश दिनलाई यस पटक देखि जनप्रतिनिधिहरुको पनि छुट्टै प्रतिश्पर्धा गराउन लागेको आयोजक धरान रनका संस्थापक सन्तोस राईले जानकारी गराए ।

एकै समुहमा रनमा सहभागि भए पनि जनप्रतिनिधिहरुको छुट्टै नतिजा निकालिने छ ।

जुन वडाका जनप्रतिनिधि विजेता हुनेछ त्यस वडालाई १२ औ नेवा च्यारिटि रन च्याम्पियन वडा घोषण गरिने संस्थापक अध्यक्ष राईले जनाए । विजेता वडालाई विशेष ट्रफिको व्यवस्थासँगै विजेता खेलाडिलाई समेत विशेष पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाको छ ।

धरान उपमहानगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य गरि एक सय २ जना जनप्रतिनिधिहरु छन ।

मेयर, उपमेयर र वडाध्यक्षलाई निशुल्क फर्म उपलव्ध गराइनेछ भने वडा सदस्यहरुले भने सशुल्क र्फम भर्न पर्नेछ । फर्म भरे वापत सम्पुर्ण सहभागिहरुलाई टिसर्ट, टाइम चिफ, मेडल, प्रमाणपत्र, पानी र जुस आयोजकले उपलव्ध गराउने छ ।

“स्वच्छ धरान, स्वस्थ्य धरान” नाराका साथ धरान रन समुह २०६७ सालमा स्थापना भएको हो भने आधिकारिक रुपमा २०६८ सालमा दर्ता भइ नेवा च्यारिट रन प्रतियोगिताको सुरुवात गरेका हुन ।

धरान रनले हरेक शनिवार यलम्वर पार्कमामा ३ कि.मि. रन गराउदै आइरहेको छ ।

धरान रनको आयोजनामा फागुन १२ गते संपन्न हुन लागेको १२ औ नेवाच्यारिटि १० के रनमा चार हजार जनाले सहभागिता जनाउने आयोजक धरान रनका अध्यक्ष रोमु राईले जाकारी गराए ।

रनमा राष्ट्रिय अन्तराष्ट्रिय धावक धाविकाहरुले सहभागिता जनाउने छ ।

दौड प्रतिश्पर्धामा खुला तर्फका महिला पुरुष विजेताले जनहि नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसै गरि १२ वर्ष मुनिका, १६ वर्ष मुनिका र ४० वर्ष माथिका महिला पुरुष विजेताले जनाहि नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । ६० वर्ष माथिका सुपर भेट्रानका विजेता महिला पुरुषले जनाहि नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

गत साल ३ हजार ५ जना धावकधाविकाहरुले सहभागिता जनाएका थिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved