बीपीको मागको सम्बोधन हुन सकेन

  • माघ १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  लामो समयदेखि वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा कर्मचारीरुले आफूहरुको मागमा प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रहलाद कार्की गम्भीर नभएको बताएका छन् ।

उनीहरुले कामु उपकुलपति प्रा.डा. कार्कीसँगै सम्बन्धित पक्षले समेत आफूहरुको मागलाई गम्भीरतापूर्वक नलिएको बताएका हुन् ।

झण्डै एक महिनादेखि वृत्ति विकासको माग गर्दै प्रतिष्ठानका शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले चरणवद्ध आन्दोलन गरिरहेका छन् ।

उनीहरुले आफूहरुको आन्दोलनलाई सम्बन्धित पक्षले दबाउने प्रयास गरेको बताएका छन् ।

आफूहरुले पाउनै पर्ने बढुवा प्रक्रियाको विषयमा प्रक्रिया अगाडि बढाउनृे सहमति भएर पनि अहिले बढुवा प्रक्रिया रोकिएको बताउदै मागको सुनुवाई नहुन्जेल भद्र आन्दोलनलाई जारी राख्ने बताएका हुन् ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा. शेराज अलि खानले कामु उपकुलपतिले गम्भीरतापूर्वक नलिएको बताए । उनले आफूहरुको मागमा कामु उपकुलपति गम्भीर नभएकै कारण निरन्तर आन्दोलन गर्नुपरेको बताए ।

यता कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले यस विषयमा राज्य समेत गम्भीर नभएको आरोप लगाइन् । उनले कुनै पक्षले आफूहरुको आन्दोलनको विषयमा बुझ्न नसक्दा आन्दोलन चर्किदै गएको बताइन् ।

प्रतिष्ठानको समस्या समाधानका लागि राजनीतिक दलहरुसँग पटक पटक छलफल, कार्यकारिणी समितिको बैठक बसेर सिनेटको बैठक बस्ने मिति समेत तय भइसकेको अवस्थामा प्रतिष्ठानका शिक्षक तथा कर्मचारी अझै आन्दोलित छन् ।

विहीबार समेत उनीहरुले कामु उपकुलपति प्रा.डा. काकी छिर्ने मुख्य द्वारको गेटमा तालाबन्दी गरिदिएका थिए । प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको आन्दोलनको निकास निस्किएपछि विरामी मार्कामा पर्ने भन्दै जुनियर चिकित्सकबाट ओपिडी भने सञ्चालनमा ल्याइएको छ ।

तर विज्ञ चिकित्सक नै आन्दोलनमा रहेका कारण उपचार समेत प्रभावकारी हुन सकेको छैन ।

प्रतिष्ठानलाई सधै बन्दक बनाएर काम विहीन बनाउदा विरामीले समयमै उपचार पाउन सकेका छ्रनन् भने प्रतिष्ठानको दैनिक आम्दानी गुमेको छ र प्रतिष्ठानको शैक्षिक गतिविधि समेत प्रभावित बनेको छ । समस्या समाधानतर्फ अझै पनि नलाग्ने हो भने समस्या अझै चुलिदै जाने देखिन्छ ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved