सहमतीय सरकार अहिलेको आवश्यक्ता: मुख्यमन्त्री कार्की

  • कार्तिक १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागि परेको बताएका छन् ।

वर्तमान सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको समेत उनले स्पष्ट पारे ।

कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले बिहीबार उनलाई मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका विकासका लागि सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने बताए ।

कोशी प्रदेशमा देखिएको अहिलेको अवस्थाले पनि सबै दल एक ठाउँमा आउनु जरुरी रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले जसले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन ग¥यो त्यो गुणलाई आफूले नबिर्सने बताउँदै यसअघिका मुख्यमन्त्रीले सहमतीय सरकार बनाउने गरेको अभ्यासलाई पूरा गर्न आफू लागि परेको बताए ।

उनले कोशी प्रदेशको सरकार चाँडै विस्तार हुने र यो सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सरकारलाई सफल बनाउने दायित्व सञ्चारकर्मीको पनि रहेको बताए ।

उनले सरकारले गर्ने काम कार्यान्वयन भए नभएको त्यस्को अनुगमन गर्ने र सरकारको काम कार्यान्वयनका लागि दबाब दिनेगरि सञ्चारकर्मीलाई कलम चलाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे,

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, भीषण राई, मोरङका कार्यबाहक अध्यक्ष तारा आचार्यसहित प्रेस युनियनका पदाधिकारीहरूले मुख्यमन्त्री कार्कीलाई स्वागत सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

 

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्यक २५ औ वार्षिक उ ...

धरान/ मंगलबार श्री सम्यक शिक्षा आधारभूत विद्यालय ध ...

मुख्यमन्त्रीमा एमाले ...

मोरंग/कोशी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संस ...

श्रीलंका टप्पुमा माव ...

वराहक्षेत्र/ सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved