कथा : अस्थायी प्रेम

  • पुष २, २०७९
  • सोमनाथ दाहाल
alt

उसको तस्वीर देख्न नपाई मैले टिप्पणी गर्दिहालेँ ।
“चाँदनी शर्मा“,नाम जति राम्रो थियो नि मान्छे त्यो भन्दा धेरै राम्री लाग्थी मलाई ।

चाँदनी भन्दा सुन्दर केटिहरू मैले देख्दै नदेखेको त होइन, देख्ने बित्तिकै म फिदा भएको पनि होइन ।तर निरन्तर कुराकानीले, व्यवहारले मेरो मन उसका लागि पागल थियो ।
“ओ महारानी,दुनियाँ फिदा बनाउने तस्वीर फेसबुकमा टाँस्न पर्छ?“मैले उसलाई मेसेन्जरमा मेसेज पठाएँ ।

पुग्न नपाई रिप्लाई आयो,“के हो महाराज,हजुरको दिल जलेको गन्ध यतासम्म आइपुगेको छ त“,साथमा स्माइलको इमोजी ।
मलाई उसको यहि आदत मनपर्थ्यो,जे भने पनि नरिसाइ राम्ररी बोल्थिन् ।

“जलेको होइन है,त्यस्तो जल्नैपर्ने केही सम्बन्ध छ र हामी बीच ।“मैले उसको मनको कुरा जान्ने मनसायले सोधेँ ।
“केही छैन ? अनि के गर्दै?“उसले कुरा मोड्ने सुर गरिन् ।

जहिले पनि के हो हाम्रो सम्बन्ध भन्ने कुरा निस्किएपछि कुरा अन्तै मोडिन्थ्यो ।
“माया गर्छु भनेर कसैलाई भन्नू मात्रै माया होइन नि,हामी त एक अर्कालाई नभनेरै पनि अथाह प्रेम गर्छौ ।शब्द होइन भावना महत्वपूर्ण कुरा हो ।“म एकान्तमा बसेर उसैलाई सम्झिदै आफैलाई सम्झाउथेँ ।
एकदिन इटहरीको एउटा चोकमा बसेर चिया पिउदै थिएँ ।सामुन्ने एउटा दाइले फोनमा मस्की मस्की कुरा गरेको देखेर रहर लाग्यो । ६ महिना भयो होला चाँदनीसँग उसको फोन नम्बर मागेको,अनेक बहाना बनाएर टारिदिन्थी ।यो केटीलाई मेरो माया नै लाग्दैन,फोन नम्बर खाइदिन्छु र मैले । मलाई रिस उठ्यो ।फोन झिकेर मेसेन्जर अन गरेँ,हेरेको अनलाइन नै रहिछे,अनि सिधै मेसेज गरेँ,“ भाउ किन खोजेको?“
“के भयो आज,न हाइ छ न हेलो छ,न खबर सोध्नु छ,सिधै भाउ किन खोजेको रे?अनि भाउ चाहिँ कहिले खोजेँ के मैले?“
उताबाट रिप्लाई आयो ।
“मेसेन्जरमा त २४ घन्टा नै बोले नि हुन्छ त म सँग,६ महिना भयो नम्बर मागेको,कहिले कलेजको रोल नम्बर भन्छौ,कहिले बैँकको खाता नम्बर,फोन नम्बर दिए मैले खाइदिन्छु हो“,मैले रिसको झोकमा नै भन्दिएँ ।
मेसेज हेरि तर ५ मिनेट सम्म रिप्लाई नआएपछि मैले भनेँ ।
“ल ल,भयो,चाहिन्न तिम्रो फोन नम्बर,अब यता नि बोल्न पर्दैन,बाइ ।“
अनि उताबाट रिप्लाई आयो,“ढड.............तर राती फोन नगर्नु है ।“
“हस्“साथमा स्माइल इमोजी पठाएँ ।
अनि फटाफट फोन नम्बर डायल गरेँ ।
पहिलो घन्टीमा नै उठाई ।

“नम्बर पाउने बित्तिकै फोन गर्नुभयो त“,उठाउने बित्तिकै भनी ।
“म नै भनेर कसरी थाहा पायौ?अनि तिम्रो नम्बर पुजा गर्न मागेको होइन नि मैले,फोन गर्न मागेको अनि पाएपछि फोन नगरेर के गर्नु त“,मैले भनेँ ।
लामो हाँसो हाँसेर भनी,“ कसैको फोन आउन्न,नम्बर दिने बित्तिकै फोन आयो अनि थाहा हुन्न त ।“
“चिन्ता नगर,अब सधै आउँछ,“मैले जिस्किदै भनेँ ।

४५ मिनेट कुरा भयो ।त्यसपछि दिनमा १÷२ घण्टा फोनमा बोल्ने त रुटिन हुन थाल्यो ।
एकदिन उनको दाजु पर्नेले मलाई उनको र मेरो सम्बन्धको बारेमा सोध्यो ।म उनको दाजुलाई उत्तर दिन असमर्थ भएँ । उनलाई उसले के प्रश्न गर्यो थाहा भएन तर उनले मलाई ब्लक गरिदिइन् । पढाईको प्रेसर थियो धेरै,उसको अनौठो व्यवहार मलाई सम्हालिनँ गाह्रो भइरहेको थियो ।

उनीसँग कुरा गर्नु आदत थियो मेरो,मुस्किलले पाँच महिना वित्यो र म एघार कक्षामा जेनतेन पास भएँ । बाह्र कक्षा पनि सुरु भयो पटक्कै पढ्ने जाँगर थिएन ।जोडी परेवा देखे नि म उसैलाई सम्झन्थेँ ।यादले हरदम सताउथ्यो । अचानक फोन,मेसेन्जेर सबैमा किन ब्लक गरी,उसलाई मेरो याद आउदैन र ? भन्ने प्रश्नले भित्र भित्र खाएको थियो । त्यसै बीचमा कोरोना भाइरस पनि विश्व भ्रमणमा निस्किएको थियो । इटहरीमा बस्न मन थिएन,धन्न लकडाउन भयो ।घरतिर लागेँ । लकडाउनको बीचमा एकदिन नयाँ नम्बरबाट फोन आयो ।
मैले उठाएर हेलो भन्न नपाई उताबाट सरि आयो ।
आवाजले चिनिहालेँ,चाँदनी ।
म केही बोल्न सकिनँ,उसै आँसु आयो । उसले दाइले घरमा भन्दिनु भएछ,घरमा को केटा कसो केटा भनेर ब्लक गर्न लगाउनुभयो,मेरो मोबाइल नि थिएन । बल्ल आज ममीले दिनुभयो,सरि भनेर चाँदनी पनि धेरै रोई ।
उसले नि मलाई माया गर्दी रहिछे भन्नेमा म पक्का भएँ ।
धेरै दिन पछि म खुब रोएँ,तर खुसीले रोएँ ।
केटा मान्छे भएर नि छ्या भनेर उसले जिस्काई ।हामीले एक घण्टा फोनमा कुरा ग¥यौ ।त्यसपछि सबै पहिले जस्तै हुन थाल्यो ।
एकदिन मैले फोनमा जिस्किदै भेटौ न एकदिन के भनेकोे थिएँ उनले पनि हिलेमा भेट्ने कुरा गरिन् । त्यो दिन नै साथीलाई धरान जाने है भन्दा उसले भोलि जानु पर्छ भन्यो । भोलि पल्ट बिहान हामी चार जना साथी धरान जान निस्कियौँ ।साथीहरूलाई हाम्रो बारेमा सबै थाहा थियो त केही समस्या थिएन ।

उनलाई भेट्न जाँदा गिफ्टमा के लगिदिनु भनेर साथीहरूलाई सोधेको साथीहरूले एउटा केही मनपर्ने कुरा लग्दा भै हाल्छ नि भने । हामी बजार तिर लाग्यौँ र मैले घडी र एउटा गुलाफको फूल किनेँ ।उनलाइ भेट्न जाने कुराले म अत्यन्त हर्षित भएको थिएँ र उनलाई कति खेर भेट्नु भएको थियो ।

साथीहरू जिस्काउदै थिएँ, मलाई छट्पटि भइरहेको थियो । उनले मलाई मङ्सिर महिना भए तापनि हिले बजार भनेको जाडो ठाउँ हो भनिन् र मैले उनलाई त्यस्ता जाडोले मलाई छुन्न भनेको यहाँ आएर कामेको देख्नु नपरोस् भनिन् । हामी आठ बजे तिर धरान बाट हिँडेको एघार बजे तिर हिले बजार पुग्यौँ तर बीचमा हामीले हरियाली डाँडाकाँडाको वातावरण , माथि गाडी गुड्दै गर्दा देखिने धरानको दृश्यावलोकन गर्न पनि बिर्सेनौँ । मलाई उनले केही समय को अन्तराल मा फोन गर्न पनि छोडिनन् । त्यहाँ पुगेको केही समय पछि पातलो ज्यान,चट्ट परेकी , कपाल छोडेकी , निलो सुइटर लगाएकी , आँखामा चस्मा लगाएकी केटीसँग दुई केटीहरू आएको देखियो । मलाई उनले पर बाट नै चिनीहालिन् र छेउमा आइन् ।

मलाई जिस्काउन हो कि कोरोनाको डरले हो उनले माक्स खोलिनन्,तर मलाई कतिखेर हेर्नु त्यो अनुहार जस्तो भएको थियो । २÷३ पटक माक्स नखोल्ने ? भनेपछि बल्ल खोलिन्,साच्चै चाँदनी जस्तै थिइन् । हिले बजारबाट केही दक्षिण तिर उनीहरूको निर्देशनमा हामी लाग्यौँ । केहि तल पुगे पछि मूल बाटोलाई छोडेर भित्री बाटोतिर हामीलाई लगे । त्यहाँ बाट पश्चिम पट्टीको पहाडमा लागेको घाम जति सुन्दरता देखियो त्यहाँ भन्दा उनको त्यो पहाडको सानो ठाउँमा अटाउने सुन्दर शरीर र उनको त्यो पहाडमा कुहुकुहु आवाजको स्वरलाई अनुतीर्ण बनाउने स्वरले मलाई आकर्षित गरी रहेको थियो । हामी केही हिँडे पछि पाथिभरा देवीको दर्शनमा जाँदाको खुट्किला जस्तै खुट्किला नै खुट्किला भएको ठाउँ पुग्यौँ ।

उनका साथीहरू र मेरो साथीहरू अगाडि अगाडि हिँढ्दै थिए । सायद हाम्रो स्तब्धतालाई प्रेमालापमा बदल्न चाहन्थे होला उनीहरू । त्यसैले उनीलाई म विस्तारै चिया बगानको सुन्दरतामा उनको तुलना गर्दै थिए । उनी पनि माक्स को प्रयोग गरेकि भएता पनि हाँसी रहेकी छिन् भन्ने कुरा पूर्ण रुपमा देखिन्थ्यो । हामी ती खुड्किला चढी सके पछि एउटा टार जस्तो ठाउँबाट वरिपरिको हरियाली डाँडा पाखाको रमणीय सुन्दरता लुट्दै तल तिर झर्यौ खुट्किला सकिए पछि एउटा मन्दिर रहेछ जहाँ ठूलो नागको प्रतिमा परबाट नै देखिन्थ्यो ।

हामी दुवैले नाग भगवान् लाई ढोग्यौ । उनले भगवान् लाई के मागिन् थाहा भएन तर मैले भगवान् लाई उनी सँग भेट्टाए को मा धन्यवादको पात्र बनाएँ । उता उनका साथीहरू र मेरा साथीहरू खुट्किला तिर कता कता फोटो खिच्दै थिए तर हामी भने मन्दिर पछाडि गएर बस्यौँ । मैले साथीहरूले भनेको जस्तो न उनलाई स्पर्श नै गर्न चाहन्थे न प्रेम प्रस्ताव राख्न नै सकेँ । उनी धेरै डराएकी जस्ती देखिन्थिन् र तपाईं साँच्चै मलाई भेट्न आउनु हुन्छ भनेर सोचेकी थिइन भन्दै थिइन ।

यसै बीचमा उनलाई प्रेम गरेकी छौ ? भन्दा उनले प्रेममा इन्ट्रेस्ट छैन् भनिन् र हामी दुई घण्टा जति त्यहाँ बसेर फर्कियौँ । हिले बजारमा होटलमा बसेर हामीले मम र स्प्राइड खायौँ । त्यहाँ गर्मी गर्मी मौसम भएकाले उनले मेरो विल्ला हान्दै आज तपाईं आउनु हुन्छ भनेर घाम पनि कति मज्जाले लाग्यो भनिन् । मैले उनको कुरा नपत्याएर होटलको आन्टीलाई प्रश्न सोद्धा ती आन्टीले पनि आज मात्र घाम लागेको भनिन् । ती पसल्नी आन्टीलाई तिम्रो घर कहाँ हो ? भन्दा नेपालगञ्ज घर भनी दिए ।

हामीले खाजा खाई सके पछि उनी र उनका साथीहरू आफ्नो बाटो लागे र हामी गाडी चढेर आफ्नो बाटो लाग्यौँ । केही दिन हाम्रो प्रेमी प्रेमिकाको जस्तै बोल चाल चल्दै थियो तर एक दिन उनलाई मैले कल गर्दा त्यति बोल्न रुचाइनन् र मैले जिस्केर एक्लै बोलेर यस्तो चल्दैन है भनेको मात्र के थिए नचलोस् भनिन् ।

मैले मेरोलागि मात्र बोलेको होर भनेर सोधेँ उनले हो त भनेर उत्तर दिइन् । मलाई माया गर्दैनौ? भनेको मलाई मायामा इन्ट्रेस्ट छैन भनिन् ।
के अरे ? मैले फेरि सोधें ।
“मायाको चक्करमा फस्ने मन छैन“ उनले भनिन् ।

अनि म को ? म सँग गर्ने कुरा के थिएँब ? आज भेट्न किन आएको?“मैले एकै सासमा सोधेँ ।
“मेरो लागि साथि मात्रै हो“उसले नजर झुकाउदै भनी ।
“चाँदनी,लभ यु यार,प्लिज नजिस्क न“मैले भनेँ ।

“हजुरले त्यस्तो सोच्नुहुन्छ भने म गएँ, उनी उठेर फर्किएरै नहेरी सरासर गइन् ।त्यसपछि मेरो सपनामा बाहेक कहिले पनि फर्किएर आइनन् ।सबैतिर ब्लक गरिन्,मेरो मायाको मजाक बनाएर सधैको लागि मेरो जिन्दगीबाट बिदा भइन् ।

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved