प्रदेश १ निर्वाचन अपडेट: प्रदेश सभाको ३ क्षेत्रको नतिजा आउँदा कांग्रेस २ र माओवादी १ क्षेत्रमा विजयी

  • मंसिर ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ ५६ वटा प्रदेशसभा सिट रहेको प्रदेश १ मा हालसम्म ३ सिटको नतिजा आउँदा नेपाली कांग्रेसले दुई र नेकपा माओवादी केन्द्रका एक जना उम्मेदवार विजयी भएका छन्।

मोरङ ५ को क्षेत्र नम्बर १ बाट कांग्रेसका गयानन्द मण्डल प्रदेश सभामा विजयी हुँदा कांग्रेसबाटै ओखलढुंगामा प्रदीपकुमार सुनुवार विजयी भएका छन्।

ओखलढुंगाकै क्षेत्र नम्बर २ बाट माओवादीका बाबुराम गौतम निर्वाचित भएका छन्।

मोरङ ५ को १ बाट निर्वाचित कांग्रेसका मण्डलले १४ हजार ८४३ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार सन्तोष कुमार साहले ९ हजार ४०२ मत ल्याएका छन्।

ओखलढुंगा १ मा कांग्रेसका सुनुवारले १४ हजार ९१६ मत ल्याएर जित्दा एमालेका अम्बिरबाबु गुरूङ १४ हजार ५५६ मत ल्याएर पराजित भए।

जिल्लाको प्रदेशसभा २ नम्बर क्षेत्रमा माओवादीका गौतमले १५ हजार ७३८ मत ल्याएर जित्दा एमालेका ज्ञानबहादुर खड्का १४ हजार ६४० मत ल्याएर पराजित भए।

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved