प्रदेश १ निर्वाचन अपडेट: प्रदेश सभाको ३ क्षेत्रको नतिजा आउँदा कांग्रेस २ र माओवादी १ क्षेत्रमा विजयी

  • मंसिर ७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/ ५६ वटा प्रदेशसभा सिट रहेको प्रदेश १ मा हालसम्म ३ सिटको नतिजा आउँदा नेपाली कांग्रेसले दुई र नेकपा माओवादी केन्द्रका एक जना उम्मेदवार विजयी भएका छन्।

मोरङ ५ को क्षेत्र नम्बर १ बाट कांग्रेसका गयानन्द मण्डल प्रदेश सभामा विजयी हुँदा कांग्रेसबाटै ओखलढुंगामा प्रदीपकुमार सुनुवार विजयी भएका छन्।

ओखलढुंगाकै क्षेत्र नम्बर २ बाट माओवादीका बाबुराम गौतम निर्वाचित भएका छन्।

मोरङ ५ को १ बाट निर्वाचित कांग्रेसका मण्डलले १४ हजार ८४३ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार सन्तोष कुमार साहले ९ हजार ४०२ मत ल्याएका छन्।

ओखलढुंगा १ मा कांग्रेसका सुनुवारले १४ हजार ९१६ मत ल्याएर जित्दा एमालेका अम्बिरबाबु गुरूङ १४ हजार ५५६ मत ल्याएर पराजित भए।

जिल्लाको प्रदेशसभा २ नम्बर क्षेत्रमा माओवादीका गौतमले १५ हजार ७३८ मत ल्याएर जित्दा एमालेका ज्ञानबहादुर खड्का १४ हजार ६४० मत ल्याएर पराजित भए।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved