संघीय संसदमा स्वतन्त्रको क्रेज: ‘चेन्ज हुन सक्छ धरानको मुड’

  • कार्तिक २३, २०७९
  • कोशीपत्र/संवाददाता
alt तस्वीर : पणिन्द्र तिम्सिना

धरान/ धरान–१३ स्थित अमरहाट मा आफ्ना चार जना साथीहरुसँग भेटिएकी स्थानीय रिना सिवाकोटीले हातमा संघिय संसदका स्वतन्त्र उमेद्धारहरु मनोजकुुमार मेन्याङबो,सुुकुम्बासी नेता कुमार कार्की र क्याप्टेन केवी लिम्बुुको चुुनावी प्रचार सामाग्री बोकेकी थिइन् ।

बाटो भेट्ने जतिलाई प्रचार सामाग्री दिदै तिन जनामा जसलाई भोट दिएपनि हुुन्छ भन्दै सम्झाउदै थिइन् । आफुुले सकेसम्म बाटोमा भेटिएकाहरुलाई प्रचार समाग्री दिने र घरघरमा पुु¥याउने गरेको उनले सुुनाइन् ।

तपाईले तीनै जना उमेद्धार चिनेरै प्रचार गर्नुु भएको हो ? भनेर प्रश्न गर्दा उनले भनिन् ‘फोटोमा देखेको हो भेटेको छैन ।’ राजनैतिक दलका नेताहरुले धरानमा गफ गर्ने र आफू अनुुकुल काम गर्ने बाहेक अरु काम नगरेको उनको बुुझाई थियो । स्वतन्त्र ब्यक्तिले जित्दा केही परिबर्तन हुन्छ की भन्ने विश्वास रहेको उनले सुुनाईन ।

धरान –१६को जोर सखुुवा चौक नजिकै रहेको मिना दिदीको चिया पसलमा स्वतन्त्र उमेद्धारको मात्र पर्चाहरु छन् । ‘चिया खान आउनेहरुले दलका नेताको भन्दापनि स्वतन्त्रकै बारेमा कुुरा गर्छन्,चिया पसलकी सञ्चालक मिना खनालले भनिन् ‘नेता(दलका उमेद्धार) भन्दा कुुन स्वतन्त्र राम्रो हो भन्ने विषयमा दिनभरी चर्चा हुने उनले सुुर्नाइन् ।

उनी आफुुले भने आफूले पहिले भोट हालि रहेकै पार्टीलाई भोट हाल्ने बताईन्,उनले पार्टि चाहिँ खुुलाईनन् । सुुनसरीको १ नम्बर क्षेत्रमा पर्ने बराहक्षेत्र नगरपालिकाको चौकहरुमा यस पटक स्वतन्त्र उमेद्धारलाई भोट हाल्ने विषयमा गफ हुन थालेको स्थानीय कृष्ण काफ्ले बताउँछन् । बजारमा स्वतन्त्र उमेद्धारको माइकिङ र प्रचारहरु प्रसस्त भेट्न सकिन्छन् भने सामाजिक सञ्जालमा बाक्लो प्रचार पनि देख्न सकिन्छ । यस पटक सुुनसरी क्षेत्र नम्बर १ को चुुनाब निकै रोचक मुुडमा कुुदेको छ ।

सत्ता गठबन्धन,एमाले जसपा गठबन्धन र स्वतन्त्रहरुबीचको प्रतिस्प्रधाले चुुनाबलाई रोचक बनाएको छ भने मतदाताको ‘मुुड’ कता जान्छ भन्ने कौतुुहलता उस्तै छ । सत्ता गठबन्धन (एमाले,माओबादी र एकीकृत समाजबादी)सहितकको गठबन्धनबाट माओबादीका नेता मुुक्सामहाङ मेन्याङबो मैदानमा छन् भने एमाले जसपा गठबन्धनबाट जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई चुुनाबी मैदानमा छन् । सत्ता गठबन्धन आफुूहरुको एकता कायम देखाउन र एमाले विरुद्ध शक्तिशाली भएको प्रमाणित गर्न चुुनाब जित्नै पर्ने अबस्थामा छन् भने अघिल्लो पटक एमालेका उमेद्धारसँग पराजित भएका अशोक राई यस पटक एमालेसँगै गठबन्धन गरेर जित्ने दाउमा छन् । धरानको ठूलो पार्टी एमालेसँग गठबन्धन भएपछि सजिलै जित हासिल गरिन्छ भन्ने विश्वास पनि राईमा छ । अहिलेसम्म मनमोहन अधिकारी पछि केन्द्रीय राजनीतिमा धरानबाट प्रभाब राख्ने अर्को नेता नभएका कारण केन्द्रीय सरकारमा धरानको पहुुँच पु¥याउन धरानबासीले अशोक राईलाई जिताउनै पर्ने बाध्यता रहेको पनि चर्चा हुने गरेको छ ।

उता स्वतन्त्र उमेद्धारको के्रज र सक्रियताले भने यो निर्वाचनमा पनि धरानका मतदाताले ‘मुुड चेन्ज’ गर्न सक्छन् भन्ने अनुमान लगाउँदा अन्यथा नहोला सुुनसरी उद्योग बाणिज्ज सघंका पुुर्व अध्यक्ष गिरिधारी सापकोटाले भने । अहिले स्वतन्त्र उम्मेद्धार मनोजकुुमार मेन्याङबो,कुुमार कार्की र क्यापटेन केवी लिम्बुुको प्रचार बाक्लो देखिन्छ । मेयर हर्क साम्पाङ निकट स्वतन्त्र उमेद्धारहरु तर्कबहादुुर मगर,समिर तामाङ र हेमचन्द्र राईको सकृयाता बाक्लो नै छ । गएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र ठूलो दल एमालेलाई पछि पार्दै स्वतन्त्र मेयर हर्क साम्पाङलाई जिताएपछि धराने मतदाताले फेरी पनि ‘मुुड चेन्ज’ गर्न सक्ने संभावना पनि रहेको चिया पसलहरुमा चर्चा हुुने गरेको छ ।

पानबारी गोल्डकपः पहि ...

धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा न ...

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved