डाक्टर विहीन बन्दै इलाम अस्पताल

  • भदौ २२, २०७९
  • भगीरथ भण्डारी
alt

धरान । इलाम अस्पताल चिकित्सकविहीन बन्दै गएको छ । दरबन्दी भएका चिकित्सक पनि समय सम्म नबस्ने, सरुवा भएर जाने समस्याले इलाममा स्पेलिष्ट चिकित्सकको अभाव खड्किएका हो ।

गाईनोलोजिस्ट डा. पवनजंग रायमाझी २०७५ वैशाख २६ गते इलाम अस्पतालमा आए । गाइनोको लागि राम्रो डा. का रुपमा मानिएका उनी ०७६ साल साल पौष ६ गते इलामबाट सरुवा भएर गए । उनी सरुवा भएपछि केही समय डाक्टर विहीन बन्यो इलाम अस्पताल । गाईनोकै डाक्टर प्रभुशाहा ०७६ साल कात्तिक छ गते इलाम आए । शाह अहिले सम्म इलाम अस्पतालमै छन् । गाईनो कै डा. रक्षा पराजुली ०७६ साल भदौ ८ गते इलाम अस्पतालमा आइन् । उनी ०७७ असोज १५ गते इलामबाट गईन । छोटो समयमा इलाममा राम्रै छाप छोडेकी पराजुली इलाम अस्पतालमा एक वर्ष मात्र टिकिन । ०७६ साल जेठ ३२ गते आएका डा. ससाङ्ख पोख्रेल आठ महिना पछि माघ २९ गते सरुवा भएर गए ।

०७६ साल कात्तिक ४ गते इलाम आएका डा. विधु सापकोटा ०७८ फागुन २७ गते सरुवा भए । ०७७ जेठ २९ गते आएका एमबिबिएस डा. अनुज पोख्रेल ०७८ भदौ २ गते इलामबाट गए । मेडिकल अफिसरको रूपमा आएका डा. वैभव मल्लिव र मेडिकल अधिकृत शीतल श्रेष्ठ ०७६ सालमा आए पनि लामो समय इलाम बस्न सकेनन् । हाल विशेषज्ञ चिकित्सकको रूपमा डा. डालिन काफ्ले, र डा. कमला कार्की कार्यरत छन् । त्यस्तै छात्र वृत्तिमा ०७८ साउन ३२ मा आएका डा. अजय खड्का, समिति मार्फत डा. सवीन चापागाईँ र कार्यक्रमबाट डा. आसुदोस पाण्डे कार्यरत रहे पनि कहिलेसम्म कार्यरत हुने भन्ने टुंगो छैन । कार्यक्रमबार्टै एमबिबिएस डा. रिन्कु शाह रहेका छन् । प्रदेशमार्फत सञ्चिलित कार्यक्रमबाट आएका डाक्टरहरू कार्यक्रम सकिने बित्तिकै जान्छन् । छात्र वृत्तिमा आएका डाक्टर दुई वर्ष बस्नुपर्ने हुन्छ तर इलाम अस्पतालमा छात्र वृत्तिमा आएका डाक्टर एक वर्ष नबित्दै फर्किने गरेका छन् । अस्पताल भित्र काम गर्ने राम्रो वातावरण नभएकै कारण चिकित्सकहरु लामो समयसम्म नबस्ने गरेको स्थानीयको भनाई छ ।

अस्पताल प्रमुखले हस्तक्षेप गर्ने गरेका कारण पनि पनि अस्पतालमा चिकित्सक नटिक्ने नाम नबताउने शर्तमा एक कर्मचारीले बताए । अस्पतालमा भिडियो एक्सरे भए पनि गर्भवती महिलाको मात्र प्रयोग गरिने गरिएको छ । अन्यलाई एक्सरेका लागि मेडिकल पठाउने गरिएका ती कर्मचारीले बताए । अस्पतालमा कार्यरत चिकित्सक पनि नियमित बस्ने नगरेको ती कर्मचारीले बताए । अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रभु साह अहिले इलाम अस्पतालमा छैनन् । उनी ४५ दिनको सेवाकालीन तालिमका लागि राजधानी गएका हुन । उनी नहुदा सेवाग्राहीले सास्ती पाउनु परेको छ ।

इलाम अस्पतालमा १६ चिकित्सकको दरबन्दी रहेको छ । तर अहिले ८ जना विशेषज्ञ चिकित्सममात्र रहेका छन् । चार मेडिकल अधिकृत, तीन कन्सल्टेन्ट र एक डेनटल सर्जन अस्पतालमा दरबन्दी भए पन् िभए पनि दरबन्दी अनुसार कोही पनि डाक्टर छैनन् । भएका एक अस्पताल प्रमुख पनि दरबन्दी जिल्ला बाहिर रहेको र हाल काजमा इलाम अस्पतालमा कार्यरत छन् । ५९ जनाको दरबन्दी रहेको अस्पतालमा २५ जना मात्र कर्मचारी रहेका छन् ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved