सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न: नौ सय व्यावसायीले गरेनन् मतदान

  • असार २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सोमबार तामझामका साथ सुरु भयो । सबै उम्मे दवारका ब्यानर संघको कार्यालय आसपासमा देखिए । आम निर्वाचनलाई समेत उछिन्ने गरी जस्तो देखिएको निर्वाचनमा मतदान नगर्ने व्यावसायीको सङ्ख्या समेत उल्लेखीय पाइयो । सुनसरी जिल्लालाई समेट्ने गरी २०१९ सालमा व्यापार प्रबन्ध समितिका नाममा गठन भएको संघ सुनसरी उद्योग वाणिज्य संघका नाममा २०२० सालमा दर्ता भयो । यसबीचमा जिल्ला भरिका उल्लेखीय उद्योगी व्यावसायी संघको मातहत बाहिर छन् । संघमा आबद्ध भएर पनि नवीकरण गर्नेको सङ्ख्या पनि उल्ले खीय छ भने नवीकरण गरेर पनि मतदानमा नौ सय उद्योगी व्यावसायी सहभागी भएनन् ।

निर्वाचनमा उद्योगी व्यवसायीहरुका साझा संगठन सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । २ हजार ९ सय ७७ मतदाता रहेको संघमा २ हजार ७८ मत खसेको निर्वाचन अधिकृत प्रा.डा. राजेन्द्र शर्माले बताए । धरान १ स्थित संघको कार्यालयमा बिहान ८ बजेदेखि मतदान शुरु भएको थियो भने दिउँसो ४ बजे मतदान सकिएको थियो । मतगणना कार्य भने मंगलबार बिहान ७ बजेदेखि गरिने निर्वाचन अधिकृत प्रा.डा. शर्माले बताए ।

संघको अध्यक्षमा १ जना, ८ जना वाणिज्य सदस्य, ४ जना उद्योग सदस्य, २ जना वस्तुगत सदस्य र १ जना महिला सदस्यको लागि निर्वाचन भएको हो । अध्यक्ष पदमा ३ जना उम्मेद्वार रहेका छन् । अध्यक्षमा लोकतान्त्रिक गठबन्धनबाट विजय श्रेष्ठ उम्मेद्वार छन् भने बामगठबन्धनबाट शिवराज श्रेष्ठ उम्मेद्वार छन् । विजय श्रेष्ठ यसअघि पनि अध्यक्षका उम्मेद्वार थिए, र वर्तमान अध्यक्ष गिरीधारी सापकोटासँग झिनो मतले पराजित भएका थिए ।

यस्तै, शिवराज श्रेष्ठ वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए । यसैगरी, अध्यक्ष पदमा संघका पुर्वअध्यक्ष पवन अग्रवाल समेत प्रतिष्पर्धामा उत्रिउका छन् । निर्वाचन अधिकृत प्रा.डा. शर्माका अनुसार संघको ८ जना वाणिज्य सदस्य पदको लागि २१ जनाको उम्मेद्वार, ४ जना उद्योग सदस्यमा ८ जना, २ जना वस्तुगत सदस्यको लागि ५ जना र १ जना महिला वाणिज्य सदस्य पदमा २ जनाको उम्मेद्वारी परेको छ । यसअघि एशोसिएटतर्फ ३ जना र उद्योग महिलातर्फ १ जना सर्वसम्मत निवार्चित भइसकेका छन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved