‘स्रष्टा र सिर्जना’को सातौं शृंखलामा धनकुटाका लिम्बू

  • असार १३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । विराट आदर्श साहित्य मञ्चको आयोजनामा ‘स्रष्टा र सिर्जना’को सातौं शृंखला शनिबार सम्पन्न भएको छ ।

विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा धनकुटाका युवा कवि उत्तम लिम्बू प्रस्तुत भए । उनले ‘मुलुकलाई तँ चाहिएको छ’, बग्दै–बग्दै जाने रहर’, ‘म त्यही हुनेछु’, ‘कण्डम फुटेपछि’, ‘म कवि भएँ’, ‘यसरी कसरी’, ‘युगका स्वर’, ‘तर तिमी आएनौ’, ‘ठूलीले जाँड बेच्न छाडिन्’, ‘बूढो रुख’ र ‘चरिमाया किराँती’ शीर्षकका कविता प्रस्तुत गरे । युवाहरु आबद्ध मञ्चले साहित्य, कलाकारिता, संगीतलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यक्रमका प्राज्ञ विवश पोखरेलले युवाहरुलाई सिर्जनात्मक काममा आकर्षित गर्न विराट आदर्श साहित्य मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

त्यस्तै आयोजक संस्थाका संरक्षक कवि एवं पत्रकार मीनकुमार नवोदितले मञ्चले स्थापनाकालदेखि नै युवाहरुलाई साहित्य, नाटकलगायतका विधामा आकर्षित गर्ने काम गरेको बताए । २०७१ सालमा स्थापित संस्थाले हरेक दुई–दुई महिनामा कविता वाचन, सम्मानलगायतका कार्य गर्दै आएको छ ।

मञ्चकै आयोजनामा यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक, वरिष्ठ आख्यानकार परशु प्रधानको ‘छिडिभरिको आकाश’ कथामा आधारित नाटक मञ्चन गरिसकेको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved