उद्योग वाणिज्य संघमा निर्वाचनको सरगर्मी बढ्यो : अध्यक्षमै तीनजनाको उम्मेद्वारी, चारजना सदस्य निर्विरोध

  • असार १३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरीका उद्योगी, व्यवसायीहरुको छाता संगठन सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनलाई व्यापारी व्यवसायीहरुले महत्वका साथ हेर्ने गरेका छन् । यो निर्वाचिनलाई व्यवसायीहरुले स्थानीय निर्वाचन जत्तिकै महत्वका साथ हेर्ने गर्छन् । व्यापारी व्यवासायीको हक अधिकार तथा व्यवसायिक सुनिश्चता प्रदान गर्ने नेतृत्व छान्ने भएकोले पनि यो निर्वाचनलाई सुनसरीका उद्योगी, व्यवसायीहरुले महत्वपूर्ण रुपमा हेर्ने गरेका हुन् ।

udog pic-1

उद्योगी, व्यवसायीहरुको हकहित र व्यवसायिक सुरक्षाको दायित्व बोकेको कारण उनीहरुले यो निर्वाचनलाई महत्वका साथ हेर्ने गरेका हुन् । उद्योगी व्यवसायीहरुको अधिकार संरक्षणका लागि वि.सं. २०१९ सालमा तत्कालीन व्यापार प्रबन्ध समितिको रुपमा स्थापना भएको संघ सुनसरी उद्योग वाणिज्य संघ बनेपछि यसको गरिमा अझै चुलिदै गएको छ । गरिमा चुलिदै गएकै कारण यसको नेतृत्वका लागि आकांक्षीहरु प्रत्येक चुनावमा बढ्दै जाने गरेको छ ।

गिरिधारी सापकोटाको कार्यकाल सम्पन्न भइसकेको अवस्थामा निर्वाचनको तयारीमा जुटेको संघले जेष्ठ १३ गते बसेको कार्यसमिति बैठकले असार २० गतेलाई निर्वाचनको मिति घोषणा गरेको थियो । निर्वाचनको मिति तय गरेसँगै निर्वाचित तालिका अनुसार आइतबार उमेद्वारी मनोनयन सम्पन्न गरेको हो ।

अध्यक्षका पदका लागि हालका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, निवर्तमान उपाध्यक्ष विजय श्रेष्ठ र पूर्व अध्यक्ष पवन अग्रवालले उम्मेदवारी दिएकाका छन् । शिवराज श्रेष्ठले कोशी निर्माण सेवा फर्मको नाममा, विजय श्रेष्ठले एकता निर्माण सेवा र पवनकुमार अग्रवालले गर्ग इम्पेक्सको फर्मबाट उमेद्वारी दर्ता गराएका निर्वाचत अधिकृत प्रा.डा.राजेन्द्र शर्माले बताए ।

उद्योगी, व्यवसायीको अधिकारसँगै व्यवसायिक संरक्षणका लागि गठन भएको सुनसरी उद्योग वाणिज्य संघमा समेत पछिल्लो समय राजनीतिक रंग देखिन थालिएको छ । व्यवसायीहरुको हकहितका लागि विसुद्ध संस्थामा निर्वाचनमा उमेद्वारी दिएकाहरुलाई राजनीतिक समर्थन हुने गरेको छ ।
अध्यक्षमा उमेद्वारी दिएका शिवराज श्रेष्ठ नेकपा एमाले पार्टी निकट हुन् । उनलाई नेकपा एमालेसँगै नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रले समर्थन जनाएर उम्मेदवारी दिएको धरानका व्याापारी व्यवसायीहरु बताउँछन् ।

pawan darta pic

यस्तै अर्का अध्यक्षका प्रत्यासी विजय श्रेष्ठलाई नेपाली कांग्रेसको समर्थन रहेको व्यवसायीहरु बताउछन् । विसुद्ध व्यापारी, व्यवसायी र उद्योगीको हितका लागि गठन भएको संघमा राजनीतिक हस्तक्षेप बढ्ने राम्रो कुरा नभएको नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले बताए ।

हाल अध्यक्षमा उमेद्वारी दिएका विजय श्रेष्ठ संघका वर्तमान अध्यक्ष गिरीधारी सापकोटासँग झिनो मतले पराजित भएका थिए भने शिवराज श्रेष्ठ उवासंघ सदस्य, उद्योग सचिव, महासचिव र दुई कार्यकाल उपाध्यक्षको अनुभव संगालीसकेपछि अध्यक्षको उमेद्वारी दिएका हुन् ।

विगतमा समेत उमेद्वारी दिँदै फिर्ता लिँदै गरेका संघका पूर्व अध्यक्ष पवन अग्रवाललले यसपटक पनि अध्यक्षमा उमेद्वारी दिएका छन् । एक व्यवसायीले पवन अग्रवालको उमेद्वारी यसपटक फिर्ता लिने सम्भावना बढेको बताए । उनले भने–‘गत बर्ष पनि उमेद्वारी दिए अनि फिर्ता लिए, यसपटक पनि उनले फिर्ता लिने सम्भावना छ , अध्यक्षमा शिवराज श्रेष्ठ र विजय श्रेष्ठकै अन्तिमा भिडन्त हुन्छ ।

यस पटकको निर्वाचनमा निर्वाचनमा २ हजार ९ सय ७७ जनाले मतदान गर्ने भएका छन् । संघका अनुसार वाणिज्य तर्फ १ हजार ८ सय ५८, उद्योग तर्फ १ हजार ३, बस्तुगत १८ र एसोसिएट तर्फ ९८ मतदाता रहेका छन् । यसैबीच चार जना सदस्य निर्वारोध निर्वाचित भएका छन् । एशोसियटतर्फ गोपाल श्रेष्ठ, अशोक जैन र राजु साह निर्विरोध निर्वाचित भएका हुन् भने उद्योग महिलाप सदस्यमामा स्तुति श्रेष्ठ निर्विरोध निर्वाचित भएकी हुनेन् ।

सुनसरी उद्योग वाणिज्य संघको कार्यसमितिमा अध्यक्ष एक, निवर्तमान एक, प्रथम उपाध्यक्ष एक, द्वितीय उपाध्यक्ष एक, कोषाध्यक्ष एक, महासचिव एक, उद्योग सचिव एक, वाणिज्य सचिव एक, प्रचारप्रसार सचिव एक गरी २५ सदस्यीय कार्यसमिति रहने प्रावधान छ ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved