बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीस वेडको आइसिुय थप गरिने

  • असार ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीको सुविधालाई ध्यानमा राखेर ३० बेडमा आइसियु जाडन गर्ने भएको छ ।

नेपाल सरकारको सहयोगमा आइसिुयलाई चाहिने सामाग्री सहितको सुविधासम्पन्न बेड रहने प्रतिष्ठानले जनाएको छ । दिनप्रतिदिन विरामीको चाप बढ्दै जाँदा आइसियुको अभावमा विरामीहरु तड्पिनु बाध्यता अब हटेर गएको छ ।

प्रतिष्ठानमा भएको कुल वेड संख्याको अनुपातमो आइसियु बेडहरुको संख्यामा वृद्धिका लागि प्रतिष्ठानले पहल गर्दै आएको थियो । लामो समयदेखि विरामी तथा विरामीको आफन्तले गुनासो पोख्दै आएकाले सरकारलाई अनुरोध गरेर आइसियु थप गरेको प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोख्रेलले जनाए ।

प्रदेश नं. १ मै उत्कृष्ट स्वास्थ्य क्षेत्रको रुपमा रहेको प्रतिष्ठानमा प्रदेश १ र २ लगायत छिमेकी मुलुकबाट पनि उपचारका लागि आउने गरेका छन् । हजारौ विरामी उपचारका लागि आउने गरेका छन् । रिफरल सेन्टर समेत रहेको प्रतिष्ठानमा अन्य अस्पतालबाट समेत विरामी रिफर गरेर उपचारका लागि आउने गरेका छन् । तर प्रतिष्ठानमा सिकिस्त विरामीकालागि चाहिने आइसियुको अभावमा विरामीले अनाहमा ज्यान गुमाउनु परेको घट्ना पनि सार्वजनिक हुदै आएका छन् । यसैलाई मध्यनजर गरी नेपाल सरकारको सहयोगमा सुविधा सम्पन्न ३० बेडको आइसियु जडान गर्न लागिएको प्रतिष्ठानका सहप्रवक्ता डा. पोख्रेलले बताए । आइसियु वार्डमा चाहिने खरिद सामाग्रीको विषयमा पछिल्लो समय प्रकाशित भएका अनर्गल समाचारप्रति पनि प्रतिष्ठानले स्पष्ट पारेको छ ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved