सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै: अध्यक्षमा पाँच जनाको नाम चर्चामा

  • असार ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएको छ । असाढ २० गते हुने संघको निर्वाचनमा अध्यक्ष तथा सदस्यमा उमेद्वारी दिने आकांक्षीहरु बढ्दै गएका छन् ।

संघको निर्वाचनका लागि यसपटक अध्यक्षमा पाच जनाको नाम चर्चामा आएको छ ।

उमेद्वारी दर्ता गर्ने समय रहे पनि संघको नेतृत्व सम्हाल्न पाच जना इच्छुक देखिएका छन् । एक जना अध्यक्ष बाकी सबै सदस्यकालागि मतदान हुने संघमा वर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष पवन अग्रवाल, श्याम सोनी, उपेन्द्र चाम्लिङ र विजय श्रेष्ठको नाम अगाडि देखिएको छ । जो प्रतिष्पर्धी भएपनि निर्वाचित अध्यक्ष व्यपारी, व्यवसायी तथा उद्योगीको हितमा काम गर्ने खालेको हुनुपर्ने संघका साधारण सदस्य अर्थात मतदाताहरु बताउ“छन् ।

सदस्यमा भने पुरानासंगै नया अनुहारहरु पनि प्रतिष्पर्धामा उत्रिने भएका छन् । दिनेश राई, सीताराम आचार्य, काजी गिरी, रामस्वरुप शर्मा, प्रभाव खतिवडा, अशोक डागा, पियष्ुस आचार्य लगायतका पुरानाहरुले यसपटक पनि उमेद्वारी दिने तयारी गर्दै छन् भने नया अनुहारमा सन्दिप शाक्य, अमित अग्रहरी, मदन तोदी, विवेक अग्रवाल , भोला श्रेष्ठ उमेद्वारी दिने चर्चा चलेको छ ।

निर्वाचन हुन १० दिन मात्र बा“की रहदा सुनसरी उद्योग वाणिज्य संघले तयारी तिब्र बनाएको छ । निर्वाचनका लागि निर्वाचन उपसमिति गठन गरी निर्वाचनको कार्यक्रम समेत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार मतदाताको नामावली प्रकाशन असार १० गते विहान १२ बजेसम्म, मतदाता नामावली उपर दाबी विरोध असार १० गते अपारान्ह १२ बजेदेखि ११ गते अपरान्ह ३ बजेसम्म, मतदाताको अन्तिम नामावली प्रकाशन असार ११ गते अपरान्ह ४ बजे, उमेद्वारको प्रथम नामावली प्रकाशन असार १२ गते अपरान्ह ३ः३० बजेसम्म, दाबी विरोधपछि नमावली प्रकाशसन असार १३ गते अपरान्ह ४ बजे, उमेद्वारी फिर्ता असार १४ गते अपरान्ह ३ बजेसम्म, उमेद्वारको अन्तिम नामावली असार १४ गते ३ः३० बजेसम्म रहेको छ ।

समितिमा अध्यक्ष एक, निवर्तमान एक, प्रथम उपाध्यक्ष एक, द्वितीय उपाध्यक्ष एक, कोषाध्यक्ष एक, महासचिव एक, उद्योग सचिव एक, वाणिज्य सचिव एक, प्रचारप्रसार सचिव एक जना गरी २५ जना सदस्य रहने रहने व्यवस्था छ ।

तर निर्वाचन भने एक जना अध्यक्षको लागि, ८ जनाको वाणिज्यतर्फबाट खुल्ला सदस्यको लागि, एक जना महिला, चार जना उद्योगमा खुल्ला र एक महिला, एसोसिएटमा ६१ जना सदस्य संख्या भएमा ३ जना र त्यसभन्दा माथि जति भए पनि ३ जना नै रहने व्यवस्था छ । वस्तुगतमा १५ देखि माथि भएमा २ जना रहने व्यवस्था छ । जसमा एक जना निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव, उद्योग सचिव, वाणिज्यसचिव र प्रचारप्रसार सचिव भने निर्वाचित प्रतिनिधिबाट पछि छानिने संघको विधानमा राखिएको छ ।

सुनसरी उद्योग वाणिज्य संघमा ४५ सय सदस्य रहेका छन् । पुराना सदस्यहरुले धमाधम नविकरण गर्ने काम गरिरहेको संघले जनाएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved