धरानमा असार एक देखि बुष्टर डोज लगाइने

  • असार १, २०७९
  • स्नेहा श्रेष्ठ
alt

 

धरान । धरानमा असार १ गतदेखि कोरोना विरुद्धको बुस्टर डोजको खोप लगाइने भएको छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाल दिएको जानकारी अनुसार १२ बर्ष उमेर समुहदेखि माथिका उमेरका दोस्रो खोप लगाएको तीन महिना पूरा भएकाले मात्रै बुस्टर डोज खोप लगाइने भएको हो ।

असार ५ गनेसम्म सञ्चालन हुने खोप अभियान धरानभरि विभिन्न स्थान गरी १४ स्थानबाट सञ्चालन गरिने स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।

तोकिएको खोप केन्द्रमा बिहान १० बजे देखि साझ ४ बजे सम्म खोप लगाउन सकिने उनले बताए । खोप लगाउन जानेले अनिवार्य दोस्रो पल्ट लगाएको खोप कार्ड भएमात्र बुस्टर खोप लगाउन पाइने बताएको छ । अहिले सम्म कुनै पनि कोरानको खोप नलगाएकाले पनि पहिलो मात्राको रुपमा यो खोप लगाउन मिल्ने धरान उपनगरपालिका स्वास्थ्य माहाशाखा प्रमुख मेहेताले बताए । धरानमा अहिले कोराना बिरुद्ध पहिलो , दोस्रो र बुस्टर डोज गरी हालसम्म करिब ११ हजारले लगाईसकेको स्वास्थ महाशाखाले जनाएको छे छ । पाँच दिनसम्म सञ्चालन गरिने खोप अभियानमा ३० हजार जनालाई पहिलो ,दोस्रो र बुस्टर डोज खोप लगाईने लक्ष्य रहेको महाशखा प्रमुख मेहेताले बताएका छन् ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved