कोशीमा डायलाइसिस सेवा सहज बनाउन माग

  • जेठ २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरमा रहेको सरकारी अस्पताल कोशी अस्पतालमा मृगौलाको विरामीलाई गरिने डाइलासिस उपचार सेवा असहज भएको भन्दै सहज रुपमा सेवा उपलब्ध गराउन माग गरिएको छ ।

पब्लिक फोरमको नेतृत्वमा गएको टोलीले कोशी अस्पतालले प्रदान गर्ने डायलाइसिस सेवा सहज बनाउन माग राखेका हुन् ।

अस्पतालमा निःशुल्क हुदै आएको मृगौलाका विरामीलाई गरिने डायलाइसिस उपचार सेवा प्रभावकारी नभएको भन्दै छिटो र छरितो ढंगले उपचार गराउन मा गरिएको हो ।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलसहित टोली बुधबार कोशी अस्पतालका मेसु डा. यज्ञराज खरेललाई भेटेर सेवा प्रभाव छिटो र छरितो तरिकाले सेवाग्राहीले पाउनुपर्ने मा गरेका थिए ।

फोरमका अध्यक्ष ढुंगेल सहितको टोलीले मृगौला फेल भएका बिरामीहरुलाई डायलासिस गर्नु अघि शरिरमा लगाइने फिस्टुला केनुला अस्पताल बाहिर लगाउन अस्पतालले बाध्य पारेको बताउदै यसतर्फ अस्पताल गम्भीर भएर विरामीको सुविधाप्रति गम्भीर हुन मेसु खरेलको ध्यानाकर्षण गराएका थिए ।

उनले भने– नेपाल सरकारले आर्थिक रुपमा विपन्न भएका मृगौला फेल भएका विरामीको लागि सरकारी अस्पतालमा डायलाइसिस सेवा निःशुल्क भएपनि फिस्टुला केनुला बाहिरबाट ल्याउनुपर्ने बाध्यकारी नियम हटाइनुपर्छ ।’

उनले थपे ‘सरकारले निःशुल्क सेवा दिने भनिएको छ । तर, डायलाइसिस गर्नुभन्दा अगाडी विरामीलाई फिस्टुला लगाउन बाहिर निजीमा पटाउने परिपाटीको अन्त्य हुनुपर्दछ,’, उनले दक्ष जनशक्ति राखेर फिस्टुला केनुला लगाउने चिकित्सक पनि अस्पतालमा राख्नुपर्ने बताए ।

उनीहरुले फस्टुला केनुला लगाउने दक्ष चिकित्सक नहुँदा मृगौला फेल भएर डायलाइसिस गर्न आएका विरामीले ३ हजार ५ सय देखि पाँच हजारसम्म खर्चेर निजी अस्पताल र क्लिनीहरूमा जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ अस्पतालको ध्यानाकर्षण गराएका थिए ।

ध्यानकर्षणपत्र बुझाउन पुगेका नागरिक अगुवा दिनेश श्रेष्ठले अस्पतालले निःशुल्क डायलाइसिस गर्ने भएपनि डायलसिस गर्नुभन्दा अगाडी लगाउने फिस्टुला केनुला अस्पताल बाहिरा मोटो रकम खर्च गराउने बताए । उनले भने–‘यो सरासर अपराध हो,’ यस्तो कार्य तरुन्त रोक्नुपर्छ । सरल र सहज तकिारले सेवाग्राहीलाई अस्पताल भित्रै फिस्टुला केनुला पनि लगाउने वातवरण बनाउनु पर्दछ ।’

कोशी अस्पताल पुगेका टोल सँगठन बिराटनगरका संयोजक राजेश मास्केले नागरिकको स्वास्थ्य अधिकारलाई बाहिर फिस्टुला केनुला लगाउने वातवरणको अन्त्यग गरी अस्पतालले नै यसको गर्नुपर्ने बताए ।

कोशी अस्पतालमा दैनिक डायलाइसिस गर्ने पाँच वटा उपकरण रहेको छ । यहाँ दैनिक २० देखि २५ जना विरामीले सेवा लिने गरेका छन् ।

कोशी अस्पतालका मेसु डा. यज्ञ खरेलले फिस्टुला लगाउने दक्ष जनशक्ति नहुदा समस्या भएको बताए । अस्पताल सुधारका लागी आफु पनि दत चित्त भएर अभियानमा लागि परेको उनले बताए । उनले भने–‘यस सम्बन्धमा अस्पताल गम्भीर छ, यसको समाधानका लागि हामी गम्मीर छौं ।’

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved