‘गठबन्धनले काँग्रेसलाई घाटा’

  • जेठ २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता राजीव कोइरालाले गठबन्धनका कारण नेपाली काँग्रेसलाई घाटा भएको बताएका छन् ।

उनले नेपाली काँग्रेस धरान नगर समितिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई एवम् शुभकामना कार्यक्रममा बोल्दै गठबन्धनका कारण नेपाली काँग्रेसले ठूलो घाटा व्यहोर्नुपरेको बताएका हुन् ।

उनले भने–‘धरान लगायत प्रदेश नं. १ मै गठबन्धनका कारण नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा ठूलो घाटा व्यहोर्नु परेको छ, यसको समीक्षा गरेर अगाडि बडढ्नुपर्ने आवश्यकता देखिएको छ ।

उनले सत्ता गढबन्धन दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर निर्वाचन लडे पनि धरानमा बधाई एवम् शुभकामना छुट्टाछुट्टै ढंगले राखेका छन् ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस धरान नगर समितिले स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाबाट नेपाली काँग्रेसबाट विजयी बनेका जनप्रतिनिधिहरुलाई आफ्नै ढंगले बधाई एवम् शुभकामना कार्यक्रम राखेको हो ।

धरान १५ धरान किचनमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाबाट नेपाली काँग्रेसमा विजयी भएका जनप्रतिनिधिलाई सम्मान गरेको हो । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई केन्द्रीय सदस्य समेत रहेका कोइराला लगायत पार्टीका अन्य कार्यकर्ताहरुले सम्मानपत्रसहित दोसल्ला ओढाइएको थियो ।

नेपाली काँग्रेस धरान नगर कमिटीका सभापति श्याम पोख्रेललको सभापतित्वमा सम्पन्न कार्यक्रममा धरानका मतदाताहरुलाई धन्यवाद दिइएको थियो भने नेपाली काँग्रेसबाट पराजित भएकाहरुलाई पनि हारको पाठ सिक्दै आगामी दिनमा सुधार गरेर जान सुझाव दिइएको थियो ।

२० वडा रहेको धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसले मेयरमा पराजित भोग्नु परेको थियो भने १, ३, ९, ११, १६, १८, २० वडाको वडाध्यक्षसहित केही वडासदस्यमा जित हात पारेको थियो l

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved