खेलाडीलाई प्रोत्साहन गर्न खेलाडी खोज्दै प्रदेश खेलकुद बोर्ड

  • जेठ १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश नं. १ मा रहेका खेलाडीको विवरण संकलन गर्ने उद्देश्यले प्रदेश एको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले प्रदेश एकका खेलाडी खोज्न थालेको छ ।

खेलाडीलाई प्रोत्साहनसहित खेलाडीको विवरण तयार पार्नका लागि एक साता अगाडिदेखि बोर्डले प्रदेश एकका १४ वटै जिल्लामा रहेका ओलम्पिक, साफ गेम र एशियन गेममा सहभागी भएका तथा विजेता, उपविजेता खेलाडीहरुको रेड कार्ड बनाउने र सम्मान गर्ने प्रयोजनका लागि खेलाडीको विवरण संकलन गरेको बताएको छ ।

प्रदेश भरीका खेलाडीले आफुहरुले खेलेको खेल, त्यसको मिति र जितेको अवार्डको विवरण सहित आफ्नो तस्विर संलग्न गरेर प्रदेश खेलकुद विकास बोर्डको कार्यालय विराटनगरमा सम्पर्क राख्न वा सो सम्बन्धी रेकर्ड पठाउन प्रदेश खेलकुद विकास बोर्डले अनुरोध गरेको छ ।

अन्तराष्ट्रिय स्तरमा खेल खेलेर देशलाई चिनाउने खेलाडीलाई सम्मान गर्नुपर्ने र उनीहरुलाई प्रदेश खेलकुद विकास बोर्डले रेड कार्ड समेत बनाएर प्रदेश भरीका खेल स्टेडियममा निःशुल्क खेल हेर्ने व्यवस्था गर्ने र सुपरमार्केकट, हवाई यातायातमा समेत निश्चित छुटमा यात्रा गर्न सकिने वातावरण मिलाउने गरी आफु लागेको प्रदेश एकको खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज बाग्लेले बताएका छन् । उनले भने–‘हामीले प्रदेश १ मा रहेका खेलाडीलाई प्रोत्साहनसहित लगत संकलन गर्न खोजेका हौ, यसको प्रयोजनका लागि खेलाडी खोज्न थालिएको हो ।’

बोर्डले चाँडै नै प्रदेश भरीका कोचहरुलाई तालिम प्रदान गर्ने, प्रदेश स्तरिय फुटवल प्रतियोगिता सन्चालन गर्ने र तेक्वान्दो प्रतियोगिता समेत सन्चालन गर्ने योजना बनाएको बताइएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved