गठबन्धनको प्रतिबद्धतापत्र: 'धरान उज्याँलो शहर हुन्छ'

  • वैशाख २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लोकतान्त्रिक वाम गठन्धनले धरानलाई महानगरपालिकादेखि उज्यालो धरान बनाउनेसम्मका योजना प्रतिवद्धतापत्रमा समेटेको छ ।

शनिवार धरान १२ गोरखा होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा धरानलाई महानगरपालिकाका बनाउनेदेखि उज्यालो धरान बनाउनेसम्मका योजना सार्वजनिक गरेको हो ।

वैसाख ३० को आसन्न स्थानीय निर्वाचन अन्र्गत धरान उपमहानगरपालिकाको निर्वाचनमा होमिएको लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरुले प्रतिबद्धतापत्र यस्तै सार्वजनिक गरेको प्रतिद्धतापत्रमा धरानको जटिल समस्याको रुपमा रहेको खानेपानी समस्या, सर्वसाधारणको दैनिक जीवनमा पर्ने समस्या, धरानको गुरु योजना, धरानलाई खेलकुदको सहर बनाउने योजनाका साथै सुन्दर, उज्यालो एवम् पर्यटकीय गन्तव्य स्थल बनाउने लगायतका कुरालाई आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा दीर्घकालीन योजनाहरु, भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा लगायतका कुराहरुलाई समेटेको छ । यस्तै धरानलाई स्वास्थ्यको हब बनाउदै प्रतिष्ठाको सुधारका लागि पहल कदमी अगाडि सार्ने, धरानका दीर्घरोगीहरुका लागि निशुल्क: औषधो उपचारका प्रदान गर्ने, धरानलाई पर्यटकीय हव बनाउने, धरान तथा धरान आसपासकामा रहेका क्षेत्रर्संग लिंक रोड निर्माण गर्ने, कुरालाई समेत समेटिएको छ ।

घोषणापत्र सार्वजनिक पछि गठबन्धनबाट कांग्रेसकाका तर्फबाट मेयर प्रत्यासी बनेका किशोर राईले धरानको समस्यालाई सुक्ष्मरुपमा अध्ययन गरी घोषणापत्र सार्वजनिक गरिएको बताउदै यसलाई पूरा गरेर जाने प्रतिबद्धता जनाए । उनले भने–‘समुन्नत धरान बनाउनका लागि सबैसंग सहकार्य, छफलल तथा सल्लाह सुझाव अनुसार अगाडि बढ्ने छौं, धरान उपमहानगरपालिकालाई चुस्त दुरुस्त र प ारदर्शी बनाउन अगाडि बढ्ने छौं ।’

यस्तै गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संंयोजक सुजेन्द्र तामाङले निर्वाचन नजिकिदै गएको अवस्थामा यसपटक आफूहरुले ढिलो प्रतिबद्धतापत्र सार्वजनिक गरेको बताए । उहाले यसपटक घरदैलो कार्यक्रमको दौरानमा सर्वसाधारणको समस्या, राय र सुझाव सुनेर प्रतिबद्धता तयार गरिएकोेले यो प्रभावकारी हुने बताए । उनले भने–‘विगतमा हामीले अगाडि नै प्रतिबद्धतापत्र सार्वजनिक गरेका थियौ, तर यसपटक हामीले जनताको राय, सुझाव, समस्यालाई बुझेर प्रतिबद्धता तयार गरेका छौं, यो प्रतिबबद्धतापत्र भन्दा पनि जनताको समस्या समेटिको प्रद्धिबद्धता हो, गठबन्धनलाई यो कार्यान्वयन गर्न पनि सहज हुनेछ ।’

प्रतिबद्धता निर्माण समितिका संयोजक केशव घिमिरेद्वारा प्रतिबद्धतापत्र कार्यक्रममा जसपा, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेकपा एसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved