‘हिंसारहित, शान्त र विकसित बनाउँछौं’

  • वैशाख २२, २०७९
  • "भगीरथ भण्डारी"
alt

धरान । किराँत धर्मगुरुले पवित्र मनले काम गरिरहे जस्तै नेकपा एमालेले पनि समाजलाई हिंसारहित, शान्त र विकसित बनाउन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

इलामको माङसेबुङको लारुम्बामा रहेको किराँत धर्मावलम्बीको पवित्र धार्मिकस्थलमा धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शन–भेट कार्यक्रममा ओलीले हिंसारहित, शान्त र विकसित बनाउने नै नेकपा एमालेको उद्देश्य रहेको बताएका हुन् । धर्मगुरु लिङ्देनसँग दर्शन–भेट गर्न लारुम्बा आएका ओलीले माङसेबुङ क्षेत्रको विकासका लागि एमाले सधैं चिन्तनशील रहेको भन्दै ओलीले ‘गुरुको आशीर्वाद हाम्रा उम्मेदवारले पाउने छन्, त्यसपछि यो क्षेत्रको विकासमा अझ अघि बढ्ने अवसर हामीलाई हुनेछ ।’ ओलीले यो धार्मिकस्थलले मानवजातिको कल्याण, शान्तिको चाहना, न्यायपूर्ण समाज र मानिसलाई दुःखबाट छुटकाराका लागि सकारात्मक काम गरिरहेको भन्दै एमालेको चाहना पनि त्यही भएको बताए । उनले भने, ‘एमालेले पनि मानिसलाई दुुःख, अभावबाट मुक्ति दिन चाहेको हो, शान्ति र विकासको मामलामा एक स्टेप अघि बढ्न चाहेको हो, यी कामका लागि हामीलाई पनि गुरुबाट पक्कै आशीर्वचन प्राप्त हुनेछ ।’

एमाले नेतृत्वको सरकार भएका बेला यस धार्मिकस्थलका लागि पूर्वाधारका काम भएको स्मरण गराउँदै ‘दमकबाट लारुम्बा हुँदै जाने सडकको स्तरोन्नतिको काम गर्दैगर्दा अहिले माई नगरको दानाबारीबाट फेरि यहाँ आइपुग्ने सडकको काम भईरहेको ओलीले बताए । उनले भने, ‘यस क्षेत्रको विकास सन्दर्भमा यही क्षेत्रका प्रतिनिधि सुवासचन्द्र नेम्बाङले पनि मलाई धेरै कुरा भन्नुभएको छ, हामी यहाँका आवश्यकता, समस्या निराकरणमा सदैव प्रयत्नशील छौं ।’ सबै मिलेर यो क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता जनाउँदै ओलीले भने, ‘अहिले चुनावका बेला आएकाले कुनै राजनीतिक स्वार्थले आयो कि भन्ने लाग्छ सक्छ, ‘म गुरुको जन्मोत्सव र अरूबेला पनि यहाँ आउँछु, हामी आउँछौं, म गुरुको दर्शन गर्न आएको हुँ ।’

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved