धरान । स्पार्क फाइभ अस्पतालले आठौ बार्षिकोत्सवको अवसर पारेर अस्पताल प्रांगणमै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको छ ।
मुख्य कार्यालय काठमाण्डौ रहेको स्पार्कको पाचौ शाखा रहेको धरान १ स्थित अस्पताल प्रांगणमै सोमबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । काठमाण्डौबाट आएका चिकित्सक सुनिल पौडेलले उपचारमा आएका विरामीको चेकजाँच गरेका थिए । उपचारमा आएकाहरुले हाडजोर्नीको समस्या, प्यारालाइसिस, मुख बांगिएको लगाायतका रोगको निःशुल्क उपचारसँगै औषधि समेत निःशुल्क वितरण गरिएको स्पार्क फाइभकी व्यवस्थापक मिला बस्नेतले बताइन् । उनले भनिन्, ‘निःशुल्क उपचारसँगै औषधि र ल्याबमा टेष्टमा समेत २० प्रतिशत छुट रहेको थियो ।’
शिविरमा ७२ महिला र ६० पुरुष गरी १ सय ३२ जनाले सेवा लिएका थिए । अस्पतालले विगतदेखि नै गुणस्तरीय उपचारसँगै उपचारको पहुँच नपुगेका सर्वसाधारणहरुलाई समय समयमा निःशुल्क उपचार प्रदान गर्दै आएको छ । स्पार्कको काठमाण्डौसहित देशभर ११ वटा शाखाहरु रहेका छन् ।