सुत्केरी महिलालाई रातो भाले

  • वैशाख ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मुलुक संघीयता आएसँगै स्थानीय तहले स्थानीय स्तरको अधिकार प्रयोग गर्ने गरेको छ । यही अधिकार प्रयोग गरेर भोजपुरको एक गाउपालिकाले सुत्केरी महिलाको लागि महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ ।

भोजपुर पौवादुङमा गाउपालिकाले सुत्केरी महिला र बच्चाको स्वाथइलाई मध्य नजर गर्दै ‘रातो भाले’ तथा ‘सुत्केरी पूर्व खुत्रुके’ बचतको कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

गर्भवती महिलालाई लक्षित गरेर मौवादुङमा गाउपालिकाभित्रका सबै वडामा लागू गरिएको बताइएको छ । यसले स्थानीय स्तरमा सरकारको आभाष भएको महसुस भएको स्थानीयहरु बताउछन् । उनीहरुले सञ्चालनमा आएको यो कार्यक्रम स्थानीय महिलाहरुको सहारा बनेको बताउने गरेका छन् ।
नगरपालिकाको यो कार्यक्रमबाट गाउपालिकाभित्र रहेका महिलालाई राहत मिलेको वडाध्यक्षहरुले नै बताउने गरेका छन् । मौवादुङमा गाउपालका वडा नं. ६ का वडाध्यक्ष दिपक साम्पाङ«ले कार्यक्रम लोकप्रियसँगै महिलाहरुको प्रजनन सुरक्षामा थप बल मिलेको् बताए । उनले भने–‘स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य सम्वन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका छौँ, जुन कार्यक्रम अहिले जनता माझ लोकप्रिय बनेका बनेको मात्र छैन, प्रभावकारी कार्यक्रम समेत बनेको छ ।’

उनले खुत्रुके बचत कार्यक्रम आफ्नो वडाबाट शुरु गरेको दाबी गरे । उनले भने–खुत्रुके बचत कार्यक्रम मेरै वडाबाट शुरु भएको हो, स्वास्थ्य सस्थामा सुत्केरी भएवापत वडा कार्यालयले सुत्केरी महिलाको बैंक खातामा दुई हजार रुपैया जम्मा गरिदिन्छ ।’

 

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved