सुत्केरी महिलालाई रातो भाले

  • वैशाख ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मुलुक संघीयता आएसँगै स्थानीय तहले स्थानीय स्तरको अधिकार प्रयोग गर्ने गरेको छ । यही अधिकार प्रयोग गरेर भोजपुरको एक गाउपालिकाले सुत्केरी महिलाको लागि महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ ।

भोजपुर पौवादुङमा गाउपालिकाले सुत्केरी महिला र बच्चाको स्वाथइलाई मध्य नजर गर्दै ‘रातो भाले’ तथा ‘सुत्केरी पूर्व खुत्रुके’ बचतको कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

गर्भवती महिलालाई लक्षित गरेर मौवादुङमा गाउपालिकाभित्रका सबै वडामा लागू गरिएको बताइएको छ । यसले स्थानीय स्तरमा सरकारको आभाष भएको महसुस भएको स्थानीयहरु बताउछन् । उनीहरुले सञ्चालनमा आएको यो कार्यक्रम स्थानीय महिलाहरुको सहारा बनेको बताउने गरेका छन् ।
नगरपालिकाको यो कार्यक्रमबाट गाउपालिकाभित्र रहेका महिलालाई राहत मिलेको वडाध्यक्षहरुले नै बताउने गरेका छन् । मौवादुङमा गाउपालका वडा नं. ६ का वडाध्यक्ष दिपक साम्पाङ«ले कार्यक्रम लोकप्रियसँगै महिलाहरुको प्रजनन सुरक्षामा थप बल मिलेको् बताए । उनले भने–‘स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य सम्वन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका छौँ, जुन कार्यक्रम अहिले जनता माझ लोकप्रिय बनेका बनेको मात्र छैन, प्रभावकारी कार्यक्रम समेत बनेको छ ।’

उनले खुत्रुके बचत कार्यक्रम आफ्नो वडाबाट शुरु गरेको दाबी गरे । उनले भने–खुत्रुके बचत कार्यक्रम मेरै वडाबाट शुरु भएको हो, स्वास्थ्य सस्थामा सुत्केरी भएवापत वडा कार्यालयले सुत्केरी महिलाको बैंक खातामा दुई हजार रुपैया जम्मा गरिदिन्छ ।’

 

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved