स्थानीयतह निर्वाचन विषेश: ‘अस्तित्व बचाउनकै लागि दलीय गठबन्धन हो’

  • बैशाख ४, २०७९
  • कोशीपत्र/संवाददाता
alt

निरकुंश शासन, वहुदलीय व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको शासन प्रणालीको अनुभव बटुलीसकेका धरानका परिचित नाम हो मिनकुमार सुब्बा । वामपन्थी विचारका सुब्बा पञ्चायतकालीन अवस्थाबाट नै राजनीतिमा सक्रिय छन् । ०४६ सालको जनआन्दोलनपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध रहेर पार्टीका हरेक तह तप्कामा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेका थिए । मुलुकको राजनीतिक संक्रमण अवस्था अर्थात राजाले सत्ता आफ्नो हातमा लिएको अवस्थामा सुनसरी जिल्ला अनुगमन समितिको संयोजकको भूमिकामा रहेर काम गरे । सोही समयमा नगरप्रमुख कुमारबहादुर कार्की रहदा उनले उपमेयरको पदको जिम्मेवारी लिएका थिए । त्यसपछि राजा ज्ञानेन्द्र साहको नेतृत्वमा भएको स्थानीय निकायको निर्वाचनमा पनि सर्वसम्मत उपमेयर बनेर धरान नगरपालिकाको उपमेयरको जिम्मेवारी निर्वाह गरे । शुरुदेखि नै वाम विचारधारामा प्रभावित बनेका सुब्बा ०६२÷०६३ को जनआन्दोलन पश्चात आएको परिवर्तनसँगै अर्थात ०६६ सालमा उनीसँगै धेरै राप्रपाका कार्यकर्ता एमालेमा प्रवेश गरे । ०६६ सालदेखि उनी निरन्तर नेकपा एमालेमा रहेर पार्टीको संगठन विस्तारसँगै विभिन्न जिम्मेवारी बहन गर्दै आएका छन् । अहिले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्र नं. १ इन्चार्जको जिम्मेवारीमा छन् । सुब्बा वैसाख ३० गते हुने स्थानीय निर्वाचनमा मेयरको आकांक्षी हुन् । यस पटक स्थानीय निर्वाचनको अवश्था र उनको मेयर उम्मेदवारीका बारेमा कोशीपत्र राष्ट्रिय दैनिक सँग गरिएको कुराकानीको सम्पादित अंशः
● धरान उपमहानगरको मेयर पदको आकांक्षा किन राख्नुभयो ?
     म नेकपा एमालेमा प्रवेश गरेदेखि नै पार्टीको निर्देशन अनुसार विभिन्न तह र तप्कामा इमान्दारपूर्वक काम गरिरहेको छु । मेयर पदका लागि धेरै साथीहरु आकांक्षी छन् त्यसमध्येमा म पनि एक हुँ । मेयर पदमा मैले पनि पाउनुपर्छ भन्ने दाबी गरेको छु, म जस्तै मेरा साथीहरु पनि अझ ठूलो गहकिलो दाबी हुन्छन् होला तर पनि टिकट पाउने एक जनाले मात्र हो, पार्टीले जसलाई टिकट दिन्छ त्यसलाई हामीले आत्मसात गरेर पार्टीलाई जिताउन लाग्नुपर्छ । आकांक्ष राख्नु एउटा कुरा हो पार्टीको निर्देशन अर्को कुरा हो ।

● सत्ता गढबन्धनसँग एमाले एक्लैले सामना गर्न सक्ला ?
    त्यो परिणाम पछिको कुरा हो । तर हामी कसरी प्रस्तुत हुन्छांै भन्ने कुरा नै मूल कुरा हो । त्यसलाई नै आधार मान्नुपर्ने पनि हुन्छ । मुुलुकभरका स्थानीय तहमा गठबन्धनले चुनावी तयारी गरिरहेको सुन्नमा आएको छ । यो गठबन्धनलाई विश्लेषण गर्दाखेरि गठबन्धनभित्र कोही आफ्नो अस्तित्व बचाउने, कोही हामी पनि छौ है भन्ने हिसाबले पहिचान अस्तित्व देखाउने उद्देश्यका साथ छन् भने अर्कोतिर एक सुत्रीय कार्यक्रम जसरी पनि हराउने उद्देश्य लिएर आएको एउटा सानो झुण्ड छ । यी झुण्डहरुमा आ–आफूमा विश्वास छैन । हामी जतिसुकै गठबन्धन गरे तापनि आउँदो स्थानीय चुनावमा हाम्रो राम्रो परिणाम आउँछ भन्नेमा विश्वस्त छु । हिजोको दिनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो, त्यो उपनिर्वाचनमा हामी असफल भयौ, पार्टी एक भए पनि भावानात्मक सम्बन्ध एक हुन सकेन, उप निर्वाचनमा हाम्रा कार्यकर्ता साथीहरुलाई निर्वाचन प्रणाली अन्तर्गत जनताको तहमा जाने तहमा व्यवस्थापन गर्न सकेनौ जसको परिणाम हामीले भोग्यौ ।

● अहिले पनि एमालेमा गुट उपगुट देखिन्छ, यस्तो अवस्थामा कसरी जित्नुहुन्छ ?
   तपाईले पौष ५ गतेदेखि यताको कुरा कोट्याउनु भएको होला, मनोवैज्ञानिक रुपमा हामीलाई शिथिल बनाउने कुरामा केही विपक्षीहरुले हल्ला पिटाएको हुनसक्छ तर त्यो वास्तविकता होइन, केही समय अन्तरिक रुपमा केही असहज त भएकै हो, तर अहिले आएर त्यो परिस्थिति छैन, सहज बनिसकेको अवस्था छ ।

● केही नेताहरु अझै खुलेर आउनु भएको छैनन् नि ?
    यो नितान्त गलत कुरा हो । त्योचाहिँ विपक्षीले अनावश्यक हल्ला चलाउन गरेको कुराहरु हुन्, हामीमा त्यो छैन । हामी अहिले एक छौं ।

● एमालेले जित्ने आधार के हो ?
    चुनाव जस्तोसुकै गठबन्धन गरे पनि चुनाव हामी जित्छौं त्यसमा कुनै दुई मत छैन । हाम्रो पार्टीले तल्लो स्तरदेखि माथिल्लो स्तरसम्म संगठन विस्तार गरेका छौ । हामीले वडाका विभिन्न टोलटोलमा २१÷२१ जनाको कमिटी बनाएका छौं, ती कमिटीहरुलाई प्रशिक्षण दिने काम पनि भइरहेका छन्, त्यो टोल कमिटी गठन गर्ने क्रममा पार्टी प्रवेश गर्ने लहर पनि त्यतिकै चलेको छ । माघ २२ गते नेकपा एमालेका सशक्त नेता शंकर पौडेल धरान आउँदा उहाको उपस्थितिमा ८ सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरे । अहिले पार्टीको टोल कमिटी गठन गर्ने क्रममा विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गरिरहेका छन् । हालसम्म पार्टीको नगर कमिटीको रेकर्डमा हेर्ने हो भने १३ देखि १४ सय विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको देखिन्छ । धमाधम एमालेमा प्रवेश गर्नु भनेको पनि चुनावमा विजय हुने एउटा संकेत हो ।

● एमालले काम गरेन भनेर उपनिर्वाचनमा हराए, अब चै कसरी विश्वस्त गर्ने ?
    उप निर्वाचनपछि विजेता बनेर आएका मेयर तिलक राईको घोषणापत्रमा उल्लेख भए अनुसार करका कुरा र खानेपानीको मुख्य कुरा थिए । कर घटाउछु भनेर गएका मेयरले करको कुरामा केही नै गरेनन् भने खानेपानीको समस्या ज्युँका त्युँ छ । खानेपानीलाई व्यवस्थापन र चलायमान गर्न नसकेका कारण जटिलता आयो । विज्ञहरुका भनाई अनुसार अहिले पनि धरानमा ५९ देखि ६० लाख लिटर पानी उत्पादन हुन्छ । धरानको जनसंख्याको आधारमा हेर्ने हो भने एक जना बराबर ३० देखि ३२ लिटर पानी पर्छ । कुनै ठाउँमा पानी आउने, कुनै ठाउँमा आउदै नआउने । त्यतिबेला एमालेले परियोजना ल्याउन मुख्य भूमिका खेलेको थियो त्यही भएर राजनीतिक प्रतिशोधको रुपमा लिइएको छ । अहिले आएर बोर्ड बनिसकेको अवस्था छ । बोर्डको प्रमुखका रुपमा मेयर नै छन् । अहिले प्राविधिक ज्ञान कमी भएकाहरु बोर्डका कर्मचारीहरु रहेका छन् । यसले पनि एक खालको समस्या ल्याएको छ । मैले भन्नुपर्दा खानेपानी उत्पादनमा कमी भन्दा पनि व्यवस्थापन गर्न नसक्दा नै यो समस्या आएको हो । व्यवस्थापन गर्ने क्रममा यो राजनीतिक प्रतिसोध साधेको जस्तो देखिन्छ । यो एमालेको कार्यकालमा आएको परियोजना भएकोले सम्पूर्ण जनताको आक्रोस होस् भन्ने नेपाली काँग्रेसको इन्टेन्शन देखिन्छ ।

● खानेपानीको दीर्घकालीन रुपमा समस्या समाधान हुन नसक्नुको कारण के छ ?
     तत्कालीन मेयर तारा सुब्बाको दुःखद् निधनपछि कार्यवाहक मेयरको रुपमा उपमेयर मञ्जु भण्डारी सुवेदीले चलाउने क्रममा बीचमा सम्झौता पूरा हुँदा नहुँदै उपनिर्वाचन भयो । उपनिर्वाचनमा एमालेको भिन्न परिणाम आयो । त्यो सम्पूर्ण जिम्मेवारी मेयर तिलक राई जो अहिले बोर्डको अध्यक्ष समेत हुनुहुन्छ, उहाँमा गयो । यसले गर्दा पनि एक खालको दुविधा आयो । त्यो दुविधाको कारणले पनि हामीले गर्ने काम निरन्तता हुँदा हुदै पनि उपनिर्वाचन पछि त्यसलाई पूरा गर्ने कुराहरु मेयरमा गएको हुँनाले पनि यो समस्या विकराल बन्यो । मेयरले यो समस्यालाई समाधान गरेर कसरी लाने भन्दा पनि खानेपानीको नाममा आफ्नो कार्यकर्ता कसरी भर्ना गर्ने भन्ने कुरामा व्यस्त हुनुभयो । समस्या कायमै रहनु ले पनि एउटा कारण हो ।

● जनप्रतिनिधि प्रति नागरिकको विश्वास हराउदै गएको छ नि ?
    लामो समय जनप्रतिनिधि विहीन अवस्था थियो । लामो समयसम्म स्थानीय चुनाव भएन । जनप्रतिनिधिविहीन भएको अवश्था स्थानीय चुनाव भएपछि जनताको अपेक्षा आवश्यकता भन्दा बढी रहेको थियो । जनप्रनिधिहरु जनताबाट अनुवन्धित भएर आइसकेपछि जनताको चाहना पूरा गर्न कठिन भयो । जनताले जिताएका जनप्रतिनिधि जनताप्रति उत्तरदायित्व र बफादारी हुन्छ । एउटा कुनै पनि ब्जेट विनियोजन गर्दा केही रकम छुटिन्छ त्यो बजेटले जनताको चाहना र आकांक्षा अनुसार आवश्यकता परिपूर्ति गर्न सक्दैन । परिपूर्ति गर्न नसकेपछि वास्तवमै जनता निराश हुन्छन् । जनताका नजरमा राजनीतिक पार्टी, जनप्रतिनिधि प्रति एक प्रकारको निराशापन आउनु स्वभाविक हो । बजेट लगायत अन्य कुुुराको अभावमा जनताको अपेक्षा अनुसार नगरेकै कारण जनताहरु निराश भएका हुन् विश्वास हराएका भने होइन ।

● धरानलाई विकाश गर्न के आवश्यक छ ?
    धरानमा दिनप्रतिदिन शहरीकरणको विकास हुदै गएको छ । त्यसका साथसाथै जनसंख्या पनि त्यतिकै बढिरहेको छ । यो सहरलाई एउटा सुन्दर सहर बनाउने कुरा सोच र जागरणले मात्र पुग्दैन । सम्पूर्ण धरान जनताहरु नै लाग्नुपर्छ । मेरो २०१७ सालमा धरानमा जन्म भएको हो । मैले थाहा पाउँदा यहा विकास निर्माणका प्रक्रियाहरु मैले हेरिरहेको छु । विगतमा धरानेहरुको अथक प्रयासले आज धरानको जुन अवस्थामा परिणत भएको छ, त्यस्तै भावना सबैमा हुनुपर्छ, धरान हाम्रो हो, धरानको विकासमा सबै मिलेर काम गर्नुपर्छ भन्ने भावनाको विकास हुन जरुरी चाहि छ ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved