सक्रीय हुदै राष्ट्रिय सेवा दल

  • चैत १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोभिड १९ महामारीले नेपाली सेनाले विद्यार्थीलाई लक्षित गरी प्रत्येक बर्ष गराउदै आएको जुनियर डिभिजन तालिम समेत यस बर्ष प्रभावित बनेको छ ।

विगतमा देशभरिका विद्यालय समावेश गरी १ सय दिने गरिएको तालिम यस बर्ष घटाएर ५१ दिनमा झारिएको हो ।

नेपाली सेनाले राष्ट्रिय सेवा दल गठन गरेपछि विद्यार्थी लक्षित तालिमको आयोजना गर्दै आइरहेको छ । तर यस बर्ष विद्यार्थीको संख्यामा कमी नभए पनि १ सय दिनको तालिमलाई ५१ दिनमात्र बनाइएको हो ।

कालीबक्स गण याङशिलाका सेनानी विमल केसीले कोरोनाले नियमित गर्दै आएको जुनियर डिभिजन तालिम कोरोनाकै कारण प्रभावित भएको बताए । उनले भने, ‘कोरानाले कार्यक्रमलाई ठूलो प्रभाव पा¥यो । गत बर्ष कार्यक्रम गर्न नै पाइएन भने यस बर्ष गरेको तालिममा समेत १ सय दिनमा ५१ दिन घटाएका हौ ।’

‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने नारा बोकेर गठन भएको राष्ट्रिय सेवा दलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समावेश गरी प्रत्येक बर्ष जुनियर डिभिजन तालिम सञ्चालन गर्दै आएको उनले बताए ।

छात्रछात्राहरुलाई राष्ट्रिय भावप्रति ओतपोत गर्दै राष्ट्रभक्त सेवक बनाउने उद्देश्यले सञ्चालन गर्दै आएको नेपाली सेनाको राष्ट्रिय सेवा दलले आयोजना गर्ने कार्यक्रमको मुख्य उद्देश्य भनेकै भविष्यमा दक्ष जनशक्ति, राष्ट्रभक्त र भइपरी आएको समयमा काम गर्न सकून भन्ने नै रहेको उनले बताए । उनले भने, ‘विद्यार्थी देशका कर्णाधार हुन्, अहिलेदेखि नै विद्यार्थीहरुलाई राष्ट्रभावको अनुभूति गराउदै संकट आइपरेको समयमा समाधान गर्न सक्ने क्षमता बढाउन हामीले प्रत्येक बर्ष यो तालिम गर्दै आइरहेका छौं, नेपाली सेनाले यसलाई पछि पनि निरन्तता दिइरहन्छ ।’

यो बर्ष देशभरिका देशका १५ बटा जिल्लाहरुबाट तालिममा सहभागी रहेको सेनानी केसीले बताए । उनका अनुसार तालिममा सैनिक महाविद्यालय धरान, जनज्योति मा.वि. फोसेटार सिन्धुली, त्रिभुवत मा.वि.ऐसेलुखर्क खोटाङ, जालपा माबि नुनथला खोटाङ, मनकामना रत्न अम्बिका माबि तुम्लीङटार संखुवासभा, राम चरित्र भगत माबि पकाहा मैनपुर पर्सा, निजामति आबासीय बिद्यालय धनकुटा, बिद्या बर्दन ईङलिस स्कुल पाँचथर, हेरीटेज नेशनल एकेडेमी ईलाम, लिटलबुद्ध माध्यमिक बिद्यालय ताप्लेजुङ, फिदिम मावि पाँचथर, लल्मीदेबी जनता माबि सर्लाही, बाल निकुञ्ज माबि शिबसतासी झापा, जुबिलियन्ट ईलाईट एकेडेमी स्कुल ईलाम, मनकामना सेकेन्डरी बोर्डिङ स्कुल धनकुटा १ हिले गरी ५ सय ३४ जना छात्र तथा छात्रा सहभागी भएका छन् ।

राष्ट्रिय सेवा दलबाट प्रदत्त तालिमका दौरान बिद्यार्थीहरुले प्राप्त गरेको ज्ञान समाजमा उपयोग हुने विश्वास तालिममा सहभागी भएका विद्यालयका शिक्षकहरुले समेत बताएका छन् । उनीहरुले विद्यार्थीलाई तालिमपश्चात आत्मविश्वास बढ्ने र विद्यार्थीमा राष्ट्रभाव जागृत हुने विश्वास उनीहरुले गरेका छन् ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved