उद्योग व्यवसायी आन्दोलित : ब्याजदर ६ प्रतिशत कायम गर्न माग

  • चैत २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बैंकहरुले संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिन थालेपछि कर्जाको ब्याजदर अधिकतम वृद्धि हुने भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।

बैंकमा जम्मा गरेको संस्थागत निक्षेपलाई राज्यको सम्पति मानेर बढीमा ६ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्नुपर्ने माग अगाडि सार्दै व्यवसायीहरुले चरणबद्ध आन्दोलननै थालेका छन् । संस्थागत निक्षेपमा ६ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्ने लगायतका माग राख्दै मोरङ व्यापार संघमा आवद्ध उद्योगी व्यवसायीहरूले मंगलबार नेपाल राष्ट्र बैंकको विराटनगर स्थित कार्यालयमा प्रदर्शन समेत गरेका छन् ।

स्वदेशी उद्योग प्रवद्र्धन गर्नुपर्ने, लगानीको वातावरण तयार गर्नुपर्ने, बैंक ब्याजदर घटाउनु पर्ने लगायतका माग राख्दै संघमा आवद्ध उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । स्वदेशी उद्योग प्रवद्र्धन गर्नुपर्ने, लगानीको वातावरण बनाउनुपर्ने, बैंक ब्याजदर घटाउनु पर्ने लगायतका माग अघि सारेका छन् । नागरिक लगानी कोष, संचय कोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोषलगायतले बैंकमा जम्मा गरेको संस्थागत निक्षेपलाई राज्यको सम्पति मानेर बढीमा ६ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्नुपर्ने माग सारेका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी हातमा कालोपट्टि बाँधेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउँदै नेपाल राष्ट्र बैंक र सरकारको ध्यानाकर्षण गराएका थिए । सुरक्षाकर्मीले गेटमा नै रोकेपछि उनीहरुले प्लेकार्ड बोकेर बैंकको रवैया विरोधमा धर्ना दिएर विरोध गरेका थिए । चैत महीनादेखि बैंकहरुले १४ प्रतिशत ब्याजदर पु¥याउने सुइको पाएपछि उनीहरुले संस्थागत ब्याजदर घटाएर ६ प्रतिशत कायम गराउन दबाब दिंदै आएका छन् ।

मोरङ व्यापार संघको अगुवाईमा नाराबाजी र धर्नामा उद्योगीहरु बसेपछि राष्ट्र बैंकको विराटनगर कार्यालय प्रमुख मिनाक्षी पाण्डेले गेटमा नै आएर उद्योगीको ज्ञापन पत्र बुझेकी थिइन् । ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष नविन रिजालले बजारमा भइरहेको तरलता अभाव अन्त्य गर्न संस्थागत निक्षेपको ब्याजदर घटाइ तत्काल कर्जा प्रवाह बढाउन आग्रह गरे । पुँजी अभावमा उद्योग व्यवसायको क्षेत्र धराशायी भएको र पुँजी अभावले उद्योगहरुमा कच्चा पदार्थको मौज्दात घटेको तर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

पछिल्लो समय विप्रेषण आयमा ह्रास आएको, स्वदेशी उत्पादकत्व घटेको, उद्योगहरु जीर्ण हुँदै गएको तथा आयातका लागि प्रतितपत्र खोल्न राष्ट्र बैंकले कडाई गर्दा प्रयाप्त मात्रामा कच्चा पदार्थ ल्याउन समेत नसक्ने अवस्था आएपछि उद्योग व्यवसाय धरासायी बनेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

सरकारको नीतिहरुकै कारण उद्योग व्यापार क्षेत्र प्रभावित बनेको, रोजगारीको समस्या बढेको र समग्र अर्थतन्त्र नै धरापमा पर्ने जोखिम उत्पन्न भएकोभन्दै तत्कालै तरलता अभाव अन्त्य गर्न व्यवसायीहरुले जोड दिएका छन् । मोरङ व्यापार संघले संस्थागत निक्षेपको ब्याजदर घटाउनु पर्ने मुद्दालाई देशव्यापी आन्दोलनमो मुद्दा बनाउने तयारी गरेको छ । नेपाल उद्योग वााणिज्य संघका पूर्व केन्द्रीय सदस्य महेश जाजुले यो विषयलाई देशव्यापी बनाउन पहल गर्ने बताए ।

सरकारी नीतिकै कारण उद्योग‚ व्यापार क्षेत्र प्रभावित बनेको, बेरोजगारीको समस्या बढेको र समग्र अर्थतन्त्र नै धरापमा पर्ने जोखिम उत्पन्न भएको भन्दै तत्कालै तरलता अभाव अन्त्य गर्न व्यवसायीहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य महेश जाजुले यो विषयलाई देशव्यापी बनाउन पहल गर्ने बताए । मोरङ व्यापार संघले संस्थागत निक्षेपको ब्याजदर घटाउनु पर्ने मुद्दालाई देशव्यापी आन्दोलनमा मुद्दा बनाउने तयारी गरेको छ ।

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

वराहक्षेत्रका जनप्रत ...

वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३ ...

धरानका सन्तोष लामिछा ...

सुनसरी/ धरान उपमहानगरपालिका–१४ का सन्तोष लाम ...

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved